सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसायिक रुपमा कालिज फर्मको सुरुवात गरिएको छ । वीरेन्द्रनगर वडा नम्बर १३ रातानाङ्लामा र्फमको सुरुवात गरिएको हो । ‘एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च’ प्रालिले फ्रान्समा पाइने ५२ प्रजातिका कालिज मध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको हो ।
‘समृद्धिको आधार व्यवसाय रोजगार’ भन्ने मुल नाराका साथ व्यवसायिक फर्मको सुरुवात गरिएको सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिए ।
गत भाद्र महिनादेखि कालिज पाल्न सुरु गरिएको शाहीले जानकारी दिए । कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको नारालाई सहयोग गर्ने मुख्य उद्देश्यका साथ फामको सुरुवात गरेका छौँ । सञ्चालक शाहीले भने, ‘आवश्यकता अनुसार व्यवसायलाई बिस्तार गर्दै जाने सोचमा छौँ । हाल १ हजार देखि १२ सय सम्म कालिज पालेका छौँ । चल्लाहरु आउने क्रम जारी छ । बिस्तारै ४ हजार बढि पु¥याउने लक्ष्य छ ।’
२० रोपनी जग्गा १० बर्ष लिजमा लिएर फर्मको सुरुवात गरिएको शाहीले जानकारी दिए । फ्रान्सेली कालिजको मुल्य एउटाको ३५ सय पर्ने उनको भनाई छ ।
यसैबीच फर्मको शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहितको टोलीले अनुगमन गरेको छ ।
अनुगमनपछि मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा कालिज पालनको सुरुवात राम्रो भएको भन्दै यसलाई बिस्तार गर्दै जानुपर्ने बताए । साथै उनले प्रदेश सरकारले फर्म बिस्तारको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
के के गरे मुख्यमन्त्री र मन्त्रीले फोटोफिचर