असोज ७, काठमाडौं । नेपाल प्रहरीले वैशाखदेखि साउन महिनासम्मको अवधिमा अर्धभूमिगत शैलीमा राजनीतिक गतिविध गर्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र सिके राउत समूहका २ सय ९४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
दुई तिहाई बहुमत प्राप्त नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको नीतिगत निर्णय अनुशार ७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले यत्रो संख्याका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ पर्नेमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), पोलिटब्यूरो सदस्य उमा भुजेलदेखि जिल्ला र स्थानीय तहका नेता, कार्यकर्तासम्मका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार ३ महिनाको अवधिमा प्रदेश १ बाट मात्रै एक सय ५ जना पक्राउ गरिएको छ ।
प्रवक्ता थापाले भने “अहिलेसम्म झापाबाट २०, सुनसरीबाट २४, ताप्लेजुङबाट २, उदयपुरबाट ४, सोलुखुम्बुबाट २, ओखलढुंगाबाट १, धनकुटाबाट ६, संखुवासभाबाट ७, इलामबाट १४, पाँचथरबाट ७, खोटाङ र मोरङबाट ३/३, तेह्रथुमबाट ९ र उदयपुरबाट एक जनालाई पक्राउ गरिएको छ ।
यसैगरी पर्साबाट २, सर्लाहीबाट १ र महोत्तरीबाट २ जना गरेर प्रदेश २ बाट जम्मा ५ जना पक्राउ परेका छन ।’, क्षेत्रीका अनुशार प्रदेश ३ बाट एक सय जना पक्राउ परेका छन ।
प्रचलित कानुन विपरितका गतिविधि गरेको आरोपमा काठमाडौंबाट ५०, ललितपुरबाट ७, भक्तपुरबाट ११, मकवानपुरबाट ६, चितवनबाट १३, रसुवाबाट ६, काभ्रेबाट २, दोलखा र धादिङबाट १/१ र सिन्धुलीबाट ३ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रदेश ४ मा ११ जना समातिएका छन् । पर्वत, तनहुँ र म्यादीबाट २र२, गोरखा, लमजुङ कास्की, मुस्ताङ र बागलुङबाट १/१ जना पक्राउ परेका हुन् । प्रदेश ५ मा ७ र प्रदेश ६ मा २१ जना पक्राउ परेका छन ।
कार्यालयले दिएको जानकारी अनुशार प्रदेश ५ को रोल्पाबाट १, रुपन्देहीबाट १, प्यूठानबाट २ र बाँकेबाट ३ जना गरी ७ जना पक्राउ परेका छन् भन कर्णाली प्रदेश अन्र्तगतका सल्यानबाट ५, डोल्पाबाट ७, मुगुबाट ५, दैलेखबाट र कालिकोटबाट समेत २ जना पक्राउ परेका छन् । प्रहरीले प्रदेश ७ को डडेल्धुराबाट १, कैलालीबाट ७, बैतडी र बझाङबाट ३/३ जना पक्राउ परेका छन् ।
माथि उल्लेख गरिएको सबै नेकपा (विप्लप) समुहका रहेका छन् ।
पक्राउ पर्नेमा स्वतन्त्र मधेश गठबन्दनका नाममा विभिन्न क्रियाकलाप सञ्चालन गर्दे आउको सीके राउत समुहका ३१ जनालाई समेत विभिन्न क्षेत्रबाट पक्राउ गरिएको छ ।
पक्राउ परेका मध्ये धनुषाबाट २८ जना छन भने सिराहाबाट ३ जना रहेका नेपाल प्हरी स्रोतले जनाउको छ ।