नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङमार्फत प्रतिदिन ५० हजार र मासिक २ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । बिहीबार केन्द्रीय बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोवाइल बैंकिङ कारोबारको दायरा फराकिलो बनाएको हो ।