असोज १२, रुकुम । बिश्व पर्यटन दिवसको अवसरमा रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकाले स्यार्पु पर्यटन महोत्सवको आयोजना गरेको छ ।
पर्यटन दिवशकै अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलार्य आकर्षित गर्न रुकुम पश्चिमको बाँफिकोटको पर्यटकिय क्षेत्र स्यार्पु तालमा दोस्रो स्र्यापु पर्यटन महोत्सव आयोजना गरिएको हो ।
रुकुमको स्थानीय भेषभुषा तथा कला संस्कृतिसँग पर्यटकिय स्थलका रुपमा चिनिएको स्र्यापु ताललाई पर्यटकिय क्षेत्रको रुपमा बिश्वभर चिनाउने उद्देश्यका साथ पर्यटन महोत्सवको आयोजना गरिएको काँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के।सीले बताए ।
महोत्सवको प्रतिनिधि सभाका सदस्य एवं पुर्व गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गरे छ । महोत्सवलाई उद्घाटन गर्दै पुर्वमन्त्री शर्माले स्यार्पुलाई बिश्वव्यापी बनाउन स्थानीय सरकार बिशेष गरी लाग्नु पर्ने बताए ।
संघिय सरकारले र प्रदेश सरकार दुवैले विषेश प्राथमिकता दिनुपर्ने बताएका पुर्वगृहमन्त्री शर्माले रुकुमलाई पर्यटकिय नमुना जिल्ला बनाउन स्थानीय सरकारको काम महत्वपुर्ण हुने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, सांसद गोपाल शर्मा, रातो कामी लगाएतले संवोधन गरेका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा इन्द्रेणी समुहले सांस्कृतिक प्रस्तुती राखेको छ भने रुकुमको रैथाने सास्ंकृतिक भाmँकी पनि प्रस्तु गरिएका छन् ।
“जल जंगल जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव” “बाँफिकोट समृद्धिको लागी दोस्रो स्र्यापु पर्यटन महोत्सव” भन्ने मुख्य नारा सहित रुकुम पश्चिमको बाँफिकोटमा दोस्रो पर्यटन महोत्सव आयोजना भएकोे हो ।
रुकुमको पहिचानको रुपमा रहेको स्यार्पु ताललाई राष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा चिनाउने मुख्य उद्धेश्यका साथ स्थानीय सरकारले पर्यटन महोत्सवको आयोजना गरिएको गाँउपालिकाले जनाएको छ । महोत्सव आगामी १५ गते सम्म चल्ले छ ।
सबै फोटोहरु नेकपाका नेता जर्नाधन शर्माको फेसवुकबाट साभार गरिएका हुन् । -सम्पादक