काठमाडौं । २४ घण्टा बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरु खुलेका छन् ।
विमानस्थल खुले पनि तत्तका नै विदेशी जहाज नेपाल आउने र नेपाली जहाज विदेश उड्ने सेडुल छैन । आज राति साढे १० बजे थाई एयर भने नेपाल आउने सेडुल रहेको छ ।
भारतबाट पनि यात्रु बोकेर चाहेको समय जहाज आउन सक्ने छ । आन्तरिक तर्फ विभिन्न विमानस्थालमा रोकिएका जहाज एउटा विमानस्थलबाट अर्को विमानस्थलमा जान पाउने छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएका हवाई उडानलाई पुनः सञ्चालनमा ल्याएको थियो । प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले विमानस्थल खुले पनि अहिले नै विदेशी जहाज नेपाल आउने सेडुल नरहेको बताए ।
उनले भने, ‘आन्तरिक तर्फका जहाजहरु कुनै एक विमानस्थलबाट अर्को विमानस्थल जान चाहेमा उड्न पाउने छन् । धेरै आन्तरिक जहाजहरु विभन्न विमानस्थलन नै रोकिएका छन् । ती जहाज एउटा विमानस्थलबाट अर्कोमा जान सक्नेछन् । भने, आज राति साढे १० बजे थाई एयरको जहाज नेपाल आने सेडुल रहेको छ । नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा नै छ । यात्रु भएको अवस्थामा त्यो जहाज नेपालबाट विदेश उड्न सक्ने छ । भने, भारतबाट जहाज आउन चाहेमा आउन सक्ने छ ।’
अहिले विदेशी जहाज नेपालमा नरहेको विमानस्थलले बतायो ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन आग्रह गरेको छ ।