सिमकोट । हुम्लाका पर्यटनसँग सम्बन्धित सरोकारवाला निकायले सिमकोट र नाम्खाले उठाउादै आएको पर्यटन शुल्क नियमित उठान आग्रह गरेका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारावाला निकायहरुको संयुक्त बैठकले सिमकोट हुँदै कैलास दर्शनका लागि जाने धार्मिक पर्यटकहरुबाट उठ्ने पर्यटन शुल्कबाट उठाउने रकमलाई नियमित उठाउन आग्रह गरेका हुन् ।
मानसरोवर कैलाश दर्शनदेखि जिल्लामा भित्रिने पर्यटकबाट असुल्नुपर्ने शुल्क नियमित नभएको बेला जिल्लाका सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सिमकोट र नाम्खा गाउँपालिकाले विशेष गरी मानसरोवर कैलाश दर्शनका लागि आउने पर्यटकबाट उठाउने शुल्क उधारोमा छोड्ने गरेपछि बुधबार जिल्लामा वसेको सर्वपक्षीय बैठकले त्यस्तो नगर्न सुझाव दिएको हो ।
मानसरोवर कैलाश दर्शन गर्ने भारतीयदेखि सबै खाले पर्यटकबाट असुल गरिने शुल्क अव नियमित र दैनिक रुपमा असुलीको ब्यवस्था गर्न सुझाव सम्वन्धित स्थानीय तहलाई दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।
अघिल््लो वर्ष मानसरोवर कैलाशको दर्शनका लागि गएका पर्यटकबाट सिमकोट र नाम्खा गाउँपालिकाले उधारोमा काटेको शुल्क हालसम्म असुली गर्न नसकेको अवस्थामा नयाँ सिजन सुरु हुँदासम्म असुल गर्न नसकेको अवस्था छ ।
यसरी पर्यटन शुल्क जस्तो कुरालाई नियमित रुपमा असुलीको ब्यवस्था गर्न बैठकले सुझाव दिएको छ । त्यसैगरी सिमकोट विमानस्थल गेटमा स्थापना गरिएको पर्यटक केन्द्र लथालिंक अवस्थामा रहेको कारण त्यसलाई व्यवस्थित गर्न पनि सुझाव दिइएको छ ।
हालसम्म पर्यटन केन्द्रमा पर्यटकहरुको बिबरण पाउन सक्ने अवस्था समेत रहेको छैन। त्यसको बिबरण प्रहरीबाट लिनु पर्ने अवस्था रहेको छ । यसवर्षबाट सो केन्द्रले पर्यटकहरुको दैनिक अद्यवधिक विवरण राख्ने ब्यवस्था पनि गर्नुपर्नेछ ।
पर्यटनको सहजिकरणका लागि आग्रह
हुम्ला हुदैं मानसरोवर कैलास जाने यात्रुहरुको आवागमन बढ्न थालेपछि उहाँहरुको सहज र व्यवस्थापनलाई सहज बनाउन जिल्लाका सबै सरोकारवाला निकायले निर्णय गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अध्त्मिक र आरोग्य पर्यटनको प्रवद्र्धनको घोषणा गरेलगत्तै बसेको जिल्लाका सरोकारवाला निकायको ठैकले जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सहजता र व्यवस्थापनका लागि विविध निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाका सातवटै पालिकामा सरोकारवाला निकायको सहभागितामा सरसफाई कार्यक्रम गर्ने, जिल्लामा आउने पर्यटकहरुलाई सहजिकरण गर्न सिमकोट विमानस्थलमा भएको पर्यटन सूचना केन्द्रलाई क्रियासिल गर्ने, सिमकोट र नाम्खा गाउँपालिकाले उठाउादै आएको शुल्कलाई समयमै उठाउने सिमकोट विमानस्थललाई थप व्यवस्थित गर्ने लगायतका विभिन्न ९ वटा निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकरी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष, बिजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, राजनीतिक दल, जिल्ला स्थित सरकारी कार्यालय, होटेल तथा पर्यटन व्यवसायी, एयरलायन्सका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले जिल्लामा आउने पर्यटकहरुका लागि ट्रेकिङ्ग प्रमिट जिल्लामै दिने व्यवस्थाका लागि गृहमन्त्रालय अध्यगमन विभाग समक्ष अनुरोध गर्ने, जिल्लामा आउने यातायातहरु मध्ये सिमकोटबाट नाम्खा जाने यातायातहरुको हकमा नेपाली नम्बर प्लेटका साधनहरुलाई मात्र जान दिने निर्णय समेत गरेको छ ।

सिमकोट बजारमा निर्माण तथा व्यापारिक सामाग्रीका कारण सडक अव्यवस्थित रहेकाले त्यसलाई व्यवस्थित बनाउन लागउने जिल्ला पालिका र होटेल व्यवसायीहरुलाई जिल्लाको पर्यटन प्रवद्र्धन गर्न एक पेजको पर्यटन पर्चा प्रकाशन गर्ने निर्णय समेत बैठकले गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
पर्यटक आउने सिजनमा जिल्लाका यात्रुहरु र बिरामीले हवाई टिकट नपाउने समस्या विगतमा निकै धेरै भएको भन्दै यो वर्ष नेपाल एयरलायन्सको जहाजलाई नियमित उडान भर्न र निजि विमान कम्पनीलाई सातामा व्यवस्था गरेको सेडुवल उडानमा अनिवार्य जिल्लावासी र नेपाली यात्रुलाई मौक दिन आग्रह गर्ने निर्णय समेत गरिएको छ । यो वर्ष सिमकोट हुँदै कैलास मानसरोवर दर्शनका लागि झण्डै दश हजारको संख्यामा यात्रुहरुले टिकट बुकिङ्ग गरेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३ १२:५९