असोज १३, धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने सुक्रबारको प्रदेश संसदको निर्णयविरुद्ध शनिबार (आज) बाट अनिश्चितकालीन धनगढी बन्दको आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दले शनिबार (आज) धनगढीमा आंशिक प्रभाव परेको छ ।
बन्दले बाहिरबाट आउने लामो दुरीका सारी साधनलाई रोक नलगाएको बताइएपनि जिल्लाबाट बाहिरिने सवारी साधनलार्य भने चल्न दिइएको छैन् । आज बिहानै देखि दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु चलेका छै्नन। अनिश्चितकालका लागि गरिएको बन्दको पहिलो दिन आज अपरान्ह पाँच बजेपछि मात्रै जिल्लाबाट बाहिरिने गाडीहरुलाई छुट्न दिने बन्दकर्ताले बताएका छन् ।
स्थानीय स्तरमा अहिले मोटरसाइकल र साइकल लगायत आपत्कालिन सवारि साधनलाई चल्न दिइएपछि रिक्सा, अटो रिक्साहरु भने खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न सार्वजनिक रुपमा आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरुले आफू ग्यारेजमै फर्किएको प्रतिक्रिया दिएका छन् । उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले पहिलो दिन आज खासै प्रभावित भएका छैनन् । धनगढी बजारका पसल भने बन्द भएका छन् ।
बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको धनगढी स्थित सुरक्षा निकायले जनाएका छन् । सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली बिहानै देखि बजारका विभिन्न ठाउँमा परिचालन गरिएको छ ।
७ नम्बर प्रदेशसभाको शुक्रबार (हिजो) बजेको बैठकले स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा पारित गरेको थियो ।
आजको बन्दको नेतृत्व प्रतिपक्ष दल नेपाली कंग्रेसले गरेको बताइएको छ । प्रदेशसभाको बैठकमा (प्रतिपक्षको) उपस्थिति बिना महत्वपूर्ण विषयमा निर्णय गरिएको भन्दै अनिश्चितकालिन धनगढी बन्दको आयोजना गर्नु परेको कांग्रेस नेता हरि रेग्मीले बताए । ‘दुई तिहाइको दम्भबाट प्रतिपक्षी दलको उपस्थितिविना प्रदेशको नाम र राजधानी तोक्ने निर्णय गरिएको बताएका नेता रेग्मीले नेपालबोडसँग भने ]यो निर्णय कंग्रेस मात्रै नभएर सिंगो सूदुरपश्चिमवासीकै लागि अमान्य छ ।'