असोज १९, सिमकोट । संघियता कार्यान्वयनको एक वर्षे अनुभवले गाउँका नागरिकमा निराशा छाएको कर्णाली प्रदेशसभाका प्रमूख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताएका छन् ।
आप्mनो निर्वाचन क्षेत्र अन्तरगत जिल्लाको उत्तरी क्षेत्रको एक साता लामो भ्रमण गरेर सदरमुकाम सिमकोट पुगेका पुर्वमन्त्री समेत रहेका शाहीले नयाँ संविधान अनुशार संघिय लोकतन्त्र कार्यान्वयनको पहिलो वर्षमा गाउँमा भएका गतिविधिका आधारमा गाउँका नागरिकमा निकै निराशा छाएको बताए ।
“संघियता र गाउँमा सिंहदरबार आएको प्रति शुरुको चरणमा गाउँका नागरिकमा निकै उत्साह थियो” नेता शाहीले भने हाम्रा तिनै तहका सरकार र हामी जनप्रतिनिधिले देखाएका व्यवहार र गरेका गतिविधिले जनताका आशा पुरा गर्नेतर्फ नगएपछि एक वर्षमै गाउँका नागरिकलाई निराश बनाएको छ ।”
तिनै तहको अधिकार गाउँमा आएपछि नीति देखि व्यावहारिक कार्यान्वयनमा समेत छिटो होलाभन्ने तत्कालिन संविधानले परिकल्पना गरेको बताएका शाहीले कार्यान्वय त्यसको ठिक उल्टो भएकालेपनि नागरिकलाई निराश बनाएको टिप्पणी गरे ।
प्रेस युनियन हुम्लाले सिमकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कंग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले स्थानीय तहमा विकासे बजेट बिनियोजन देखि खर्च गर्ने काममा समेत निकै मनपरि भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘स्थानीय सरकारका रुपमा रहेका गाउँपालिकामा बोल्ने र अध्यक्षसँग नजिक भएका वडाअध्यक्षले आप्mनो वडामा बढी रकम लिएर मनपरी खर्च गरेका छन् ।’ शाहीले भने, ‘त्यसलाई नियमन गर्ने र ठाउँमा ल्याउने निकाको पनि गाउँमा कमी देखियो ।’
मन्त्री शाहीले
नयाँ संविधान अनुशार स्थापित स्थानीय सरकारले जनतालाई सेवा दिने भन्दा अनावश्यक शिर्षकमा करमात्रै उसुल्ने गरेको बताएका शाहीले त्यसले देशको संघियताकै दिगोपनामा शंका गरे । असोको शुरुमै गृह जिल्ला पुगेको शाही चिनको स्वशासित क्षेत्र तिब्बत हुँदै उत्तरुी क्षेत्रका गाउँको भ्रमण सकेर बिहिबार सिमकोट पुगेका हुन् ।