पोखरा । गण्डकीमा १७ जना कोरोना संक्रमित थपिएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले शनिबार विहान प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संक्रमितको संख्या पुष्टि गरेका हुन्। उनका अनुसार स्याङ्जामा १० जना, कास्कीमा ३ जना, नवलपुरमा ३ जना र बाग्लुङमा १ जना नयाँ संक्रमित भेटिएका हुन्।
स्याङ्जाको वालिङ नगरपालिकामा वर्ष १६, १९, २३, २५, ३२, ४४, ५२, ५४ का ८ जना रहेका छन्।
स्याङ्जाकै हरिनास गाउँपालिकाका वर्ष १८ र ४० का दुई जना, बाग्लुङको ताराखोला गाउँपालिकाका वर्ष ३९ का १ जना, कास्कीको रुपा गाउँपालिकाका वर्ष २३ र ३२ का २ जना, नवलपुरको बिनय त्रिवेणी गाउँपालिकाका वर्ष १८, १९ र २७ का तीन जना रहेका छन्।
नयाँ भेटिएका संक्रमित सबै पुरुष हुन् । शुक्रबार पोखराकै १ जना ६० बर्षीय पुरुष शुक्रबार काठमाडौंमा परिक्षण गर्दा पुष्टी भएको थियो। पोखरामा आफ्नै घरको कोठामा ४ दिनअघि बेहोस अवस्थामा भेटिएपछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो।
कलेजमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो। काठमाडौंमा परिक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको हो।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ। जसमा ३ जना निको भएर घर फर्किसकेका छन्।