असोज २०, सिमकोट । नेपाली कंग्रेस हुम्लाले जिल्लाका सबै स्थानीय तहमा छायाँ सरकराको भूमिका खेल्ने निर्णय गरेको छ ।
जिल्लाका सातवटै गाउँपालिका र ४४ वटै वडाका अगुवा कार्यकर्ताहरु सहभागि भएको दुई दिने जिल्ला कार्यकर्ता भेलाले उक्त निर्णय गरेको नेपाली जिल्ला सभापती जयपति रोकायाले जानकारी दिए ।
जिल्लाका सातवटै स्थानीय तह स्तरिय समुह बनाएर छलफल गरेको नेपाली कंग्रेसले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहका गतिविधिलाई निगानी गर्ने निचोडमा पुगेको हो ।
कार्यकर्ता भेलाको दोस्रो दिन शनिबार (आज) ३ बुधें घोषणा–पत्र समेत जारी गरेको कंग्रेसले पार्टी भित्र विगतमा भएका कमजोरीलाई आत्मसमिक्षा गर्दै सबै नेता तथा कार्यकर्ताको समान बुझाई र समभाव सहित जिल्लाका सबै नेता कार्यकर्ता एक ढिक्का भएर सङ्गठन सुदृढीकरण गर्न लाग्ने जनाएको छ ।
दुई दिने भेलाको अन्तमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको घोषणा–पत्रमा कंग्रेसले भनेको छ, “अब नेपाली कंग्रेस हुम्लाले जिल्लाका सबै गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गर्ने छ ।”
पार्टीका पछिल्ला गतिविधि र तिनै तहका सरकारका कामका बारेमा निगरानी गर्ने निचोड निकालेको कंग्रेसले गाउँपालिकामा आप्mनो उपस्थितीलाई बलियो बनाउन छायाँ सरकारकै रुपमा काम गर्ने रणनीति अपनाएको उल्लेख गरेको छ ।
गएको वर्ष सम्पन्न तिनै तहका निर्वाचनमा पराजय भोगेको कंग्रेसले गाउँमा आप्mनो उपस्थिती कमजोर भएको समिक्षा गरेका कंग्रेस कार्यकर्ताले पार्टीभित्रको गुटको अन्त गर्न भन्दै तिनै तहको नेतृत्वको चर्को आलोचना गरेका छन् ।
परिवर्तित समय र संरचना अनुशार जिल्लाका सबै पालिका स्तरिय प्रक्षिण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको कंग्रेसले अब एकताबद्ध भएर पार्टी सुदृढिकरणमा लाग्ने प्रतिवद्धता जनाएको छ ।
नव निर्मित पार्टीको भवनमा सञ्चालन भएको कार्यकर्त भेलामा पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रमूख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले पार्टीको केन्द्रिय नीतिका बारेमा प्रशिक्षण दिएका थिए ।
सातवटा गाउँपालिका भएको हुम्लामा सदरमुकाम सिमकोट र खार्पुनाथमा स्थानीय तह जितेको कंग्रेसले प्रदेशसभा र प्रतिनिधिसभाका तिन सिटमध्ये प्रदेशसभा ‘ख’ मा मात्रै जित हाँसिल गरेको छ ।