असोज २२, सिमकोट । गएको जेठ २६ गते सिमकोट गाउँपालिकाको खाताबाट ट्रान्फर भएको डेढ करोड रकम पालिकाको भौतिक पुर्वधारमा सदुपयोग भएको खार्पुनाथ गाउँपालिकाले गठन गरेको छानविन समितिले निष्कर्ष निकालेको छ ।
अचनाक रकम ट्रान्फर भएको बारेमा नेपालबोटले खोजमुलक रिर्पोट सार्वजनिक गरेको केही दिनमै रकम प्राप्त गरेको खार्पुनाथ गाउँपालिकाले गठन गरेको आठ सदस्यीय छानविन समितिले तयार पारेको प्रतिवेदन सोमबार सिमकोटमा सञ्चारकर्मीको बिचमा सार्वजनिक गरेको हो ।
छानविन समितिले सार्वजनिक गरेको तिन पेज लामो प्रतिवेदनमा भनिएको छ, “सञ्चित कोषको खाता नम्बर फरक परी भुलवस सिमकोटको पालिकाबाट यस गाउँपालिकाको कार्यालयमा रु. १,५७,५२,६६७ रकम प्राप्त भएको र सो रकम गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका योजनाहरु भैसकेका देखियो ।”
उक्त रकमले सम्पन्न भएका सबै योजनाको स्थलगत र श्रेस्ता समेत हेरेको बताएको छानविन समितिले भनेको छ, “यस गाउँपालिकाको कार्यालयबाट खरिद गरिएका सामानहरुको खरिद आदेश र दाखिला रिर्पोट जस्ता प्रमाणका आधारमा जाँचबुझ गर्दा पनि रकम प्रक्रियागत र कानुन संवत नै देखियो ।”
कसरी अलमलियो पालिका ?
गएको आर्थिक वर्ष ०७४।०७५ को वार्षिक नीति तथा कार्यक्रम अनुशार पालिकाको कष्टेन्जेन्सी र प्रादेशिक तथा संघिय मन्त्रालयबाट आउने प्रक्षेपण हुने अपेक्षा गरिएको रकम १ करोड १६ लाख ६५ हजार ४५ मध्ये निकै न्यून रकम प्राप्त भएपछि पालिका उक्त रकममा अल्मलिएको छानविन समितिले निष्कर्ष निकालेको छ ।
गाउँपालिकाले योजना विनियोजन गर्दा निकै साना र फुटकरे रकम विनियोजन गरेकाले बताएको छानविन समितिले त्यसबाट कण्टीजेन्सी रकम नआएको बताएको छ । उक्त रकम नआउँदा छनोट भएका योजना सम्पन्न गर्न समस्यामा परेको वेला उक्त रकम आएपछि खार्पुनाथले पुर्ववत योजना निर्माणमा रकम खर्चगर्दा यसते अवस्था आएको छानविन समितिको निष्कर्ष छ ।
अर्को छानविन समिति गठन गरिने
रकम ट्रान्फर भएको झण्डै चार महिना पछि अनेकन तर्कमा बहसको विषय बनाएको खार्पनाथले विस्तृत विवरणकालागि पूर्ण अधिकार सहितको अर्को छानविन समिति गठन गर्ने जनाएको छ ।
प्रारम्भीक छानविनमा सिमकोटबाट गएको डेढ करोड रकमको पुर्ण सदुपयोग भएको भन्ने छानविन समितिको निष्कर्षमा गाउँपालिका समेत पूर्ण रुपमा सन्तुष्ट भएको खार्पुनाथले आगामी गाउँसभाको बैठकबाट शक्तिशाली समिति बनाउने पालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
आगामी कार्तिक २० देखि मसान्त भित्रमा गाउँसभाको बैठक बस्ने बताएका अध्यक्ष रावलले नेपालबोटसँग भने, ‘शक्तीशाली छानविन समितिको आधारमा गाउँपालिका भित्रका नागरिक, जिल्ला स्थित सरोकारवाला निकाय, नागरिक समाज र सञ्चार माध्ययमका बिचमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर उक्त प्रतिवेदन सार्वजनिक गर्छौ ।’
अब के हुन्छ ?
प्रत्यक्ष रुपमा रकम आएको थाहा नपाएर रकम खर्च गरेको खार्पूनाथलाई गएको चैतमा बसेको गाउँसभाको बैठकले पारित गरेका योजनाहरुकै कार्यान्वयन भएपछि यो आर्थिक वर्ष नयाँ योजना निर्माण गर्नमा नैतिक संकट परेको छ ।
गएको असारमा विगतका वर्ष झै यो आ.व.को योजना तर्जुमा गरेको खार्पुनाथले आप्mनो नियमित रकममध्ये डेढ करोड सिमकोटलाई फिर्ता गरेपछि पुर्व निर्णय अनुशार योजनाको कार्यान्वयनमा समस्या आउने देखिएको हो ।
‘योजना कार्यान्वयनको चरणमा हामीलाई केही समस्या आएको छ ।’ पालिका अध्यक्ष रावलले भने, ‘अब प्राथमिकताका आधारमा हामी यो आर्थिक वर्षमा छनोट भएका योजनाको कार्यान्वयन गर्ने छौं ।’ गाउँपालिकाको रातो किताबमा प्रकासित भएका योजना कार्यान्वयनमा नआए पालिकाका नागरिकबाट केही गुनाशो आउने हो की भन्नेमा गाउँपालिका केही चिन्तीत छ । तर काम शुरु भएका योजनाको रकममा केही रकम कट्टी हुने बताएका कार्यकारी अधिकृत चन्द्रबिर शाहीले योजनालाई प्रथमिकताका आधारमा वर्गिकरण गर्ने बताए ।