असोज २५, सिमकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य विजय भण्डारी (प्रतिरोध) ले नेकपाका कार्यकताहरुले नेता वरीपरि नभई जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन् ।
एकिकृत नेकपाको केन्द्रिष्य सदस्यमा मनोनित भएपछि गृह जिल्ला पुगेर आयोजना भएको औपचारिक कार्यक्रममा सहभागि भएका भण्डारीले उक्त कुरामा जोड दिएका छन् । नेपाली हिन्दुहरुको महानचार्ड दशैं र तिहारको अवसरमा सिमकोटमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा भण्डारीलाई बधाई कार्यक्रमलाई संबोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले जनाताको सेवामा लाग्न जिल्ला स्थित नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन ।
पूर्व नेकपा (एमाले) र एनेकपा (माओवादी) केन्द्र मिलेर अहिले नेपालकै ठूलौ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेको छ, भण्डारीले भने, “यसमा ठूलो पार्टीको नेता र कार्यकर्ता भएकोमा दम्ब पाल्नु भन्दा जनताको सेवामा लागेर समाजमा स्थापित हुनुहोस् ।”
जनताले आफ्नो अमुल्य मत दिएर स्थानीय सरकारमा पठाएको भन्दै भण्डारीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पपनि जनताको सेवकका रुपमा काम गर्न आग्रह गरे । भ्रष्टाचारमुक्त स्थानीय तह निर्माण गरी नमूना काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका भण्डारीले आफ्नो कमजोरीले पार्टीलाई घाटा लाग्ने काम नगर्न आग्रह गरे ।
हुम्लामा पहिलो पटक एकाताको झल्को दिँदै वडादशै र शुभदिपावली शुभकामना तथा नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी लाई बधाई कार्यक्रम आयोजना समेत गरेको नेकपा जिल्ला नेता पूर्ण प्रसाद ढँकालले बताउनु भयो ।
नेकपाको जिल्ला नेतृत्वका लागि साविकका दुवै पार्टीका जिल्ला नेताले दावी गरिरहेका वेला जिल्लामा पहिलो पटक नेकपाको आयोजनामा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको नेकपाका जिल्ला नेता तथा पुर्व एमाले जिल्ला उपाध्यक्ष ज्ञामी बुमीले जानकारी दिए । पार्टी भित्रको नातावाद कृपावादबाट टाढा रहेर देशका थितनै तहका सरकार सञ्चालन गर्नुपर्ने बताएका बुमीले भने, “सत्तामा भएकाले जनातले चाहे जस्तो काम नगरे आफूसँगै पार्टीलाई समेत पछि पार्ने भएकाले भविष्यलाई हेरेर सत्ताका काम गर्नुपर्छ ।”
इतिहाँसमै संसदभित्रको दुईतिहाई बहुमत प्राप्त कम्यूनिष्ट पार्टी सहि ढंगले अघि बढ्नु पर्नेमा नबढेको प्रति संकेत गरेका नेपाली कंग्रेस जिल्ला सचिव माोहनविक्रम सिंहले नेकपाको गलत प्रवृतीले सिंगो देशले नै क्षती व्यहोर्नु पर्ने बताए ।
नेकपा नेता लोकबहादुर हमालको अध्यक्ष्तामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमख दानबहादुर रावत, प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना लगायत जिल्लाका सुरक्षा निकायका जिल्लाका प्रमूख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमूख एवम् प्रतिनिधिले दशै, तिहार र छट पर्वको शुभकामना दिएका थिए ।