खड्क सुनार
मुगु । दुर्गम हिमाली जिल्ला मुगुमा रहेकोे एक सहकारी संस्थाले आप्mना सदस्यहरुलाई एम्वुलेन्स सेवा समेत दिन थालेको छ ।
जिल्लाकै ठुलो वित्तिय कारोवबार गर्ने वित्तिय संस्था छायाँनाथ बचत तथा ऋण सहकारी सस्था लि. (छायाँनाथ साकोस)ले आफना दुर दराजमा रहेका सदस्यहरुलाई सुविधा दिनकालागी एम्वुलेन्स सेवा शुरु गरेको हो ।
सहकारीले जिल्ला भरी लघुबित्त कारोवार समेत गरेकाले विकट विकट वस्तिहरुमा समेत महिला केन्द्रहरु रहेका छन् । कोहि सदस्य बिरामी भएमा तत्काल उद्धार गरि सदस्यहरुलाई समय मै उपचार गर्न सकियोस भनेर सहकारीले एम्वुलेन्स सेवा शुरु गरेको सहकारीका अध्यक्ष भुपेन्द्रबहादुर मल्लले बताए ।
काठमाडौंको ठमेलमा रहेको नेचर निट प्रा.ली.का सञ्चालक भरत अधिकारी सहितको टोलीगत बर्ष मुगु घुम्न आएका बेला दुर दराजका बिरामी, सुत्केरी व्यथा लागेका महिलाहरुलाई स्थानियले बोकेर स्वास्थ्य सस्थाहरु तर्फ लिदै गएकोे कारुणिक दृष्य देखेपछि टोलीले मुगालीको सेवाकालागी एम्वुलेन्स निस्वार्थ सहयोग गर्ने निर्णय गरेका थिए ।
मुगुमा जनस्तरसम्म सम्वन्ध र सम्पर्क भएको सस्था खोज्दै जाँदा एक मात्र वित्तिय संस्था छायाँनाथ सहकारी पायौं त्यसमा झन सहकारीले सदस्यहरुलाई वार्षिक रुपमा सरसफाईका सामाग्रीहरु लगायतअन्य सेवादिदै आएको पाएपछि आफुहरुले सहकारीलाई एम्वुलेन्स सहयोग गरेको बताए ।
जिल्ला भरी रहेका आप्mना नौं हजार बढी सदस्यहरुलाई विभिन्न सेवादिदै आएको सहकारीले थप एम्वुलेन्स सेवापनि दिन थालेपछि सदस्यहरु सहकारी प्रती झन् अक्रशितहुन थालेको सहकारीका उपाध्यक्ष कमलबहादुर बुढाले बताए ।
जिल्लामा २ सय बढी विभिन्न विषयगत सहकारीहरु भएपनि प्रायः सहकारीहरु सरकारी तथा निजी क्षेत्रबाट दिईने अनुदानमुखि रहेका छन् । जो सदस्य सेवाभन्दा सदस्यबाट आर्थिक संकलन गरेर आफना स्वार्थमा खर्च गर्ने योजनाका साथ सञ्चालित छन । उनीहरु सहकारी ऐन, नियमावली विपरित कार्य गरिररहेका छन ।
२०७१ सालमा स्थापना भएको छायाँनाथ सहकारीका जिल्ला भरी नौं हजार बढी सदस्य रहेका छन् भने सदस्यहरुको बचत मात्र २१ करोड, लगानी २२ करोड र कुल कारोबार २३ करोड भन्दा बढी रहेको छ ।