खड्क सुनार
मुगु । नेपालमा सुनको मुल्य दैनिक उकालो लाग्दै गएपनि महिलाहरुको महान चार्डका रुपमा मानिने तीजले महिलाको सुन लगाउने महिलाको रहर पनि घट्दै गएको छ ।
पछिल्लो समय सुनको कारोबारमा कमी आएपछि जिल्लाका महिलामा सुनप्रतिको अकर्षण घट्दै गएको हो ।
हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजलाई लक्षितगरेर सुनको व्यापार बढ्नु पर्नेमा सुन मंहंगीएपछि ग्राहक घट्दै गएको सुनचाँदी व्यवसायी महासंघ मुगुले जनाएको छ । मुगुमा रहेका एक दर्जन बढि सुनचाँदी व्यवसायीहरु सुन मंहंगीएपछि यति बेला सुन व्यावसायी निरासमा रहेका छन् ।
प्रत्येक दिन लाखौंको कारोबार गर्ने मुगुका राजु सुन चाँदी पसल, राजकुमार सुन चाँदी पसल, कालिका मालिका सुन चाँदी पसललगायतका पसलहरूमा यतिबेला सुन महँगिए पछि व्यापार घट्दै गएको राजकुमार सुन चाँदीका सुन व्यावसायी रामकुमार सुनारले बताए ।
उनका अनुसार ग्राहक आउने मूल्य सुनेपछि इनारमै खसेको जस्तै महसुस गरेको सुनारले सुनाए । यता राजु सुन चाँदीका प्रोपाईटर राजु सुनारका अनुसार सुन महंंगीएपछि आप्mनो व्यापार घाटामा परेको बताए ।
उनका अनुसार यो समयमा सुनको मूल्य बढेपनि फाट्टफुट्न ग्राहक भने आउन छोडेका छैनन् । गत वर्ष तीजकै समयमा प्रति तोला सुनको मूल्य ७५ हजारसम्म हुँदा पनि जिल्लामा कारोबार सुन्य भएको बताएका सुनारले यो वर्ष शनिवारसम्मको मुल्य तोलामा १ लाख ५ हजार रहेकोले पनि कारोबारमा निकै कमी आएको हो ।
“तीज नजिकीदैं छ, ग्राहक आएपनि सानो गहनाकालागि पनि घण्टौ बार्गेनिङ गर्नु पर्दछ ।” उनले भने, “कति त महंगो भन्दै अर्डर दिएका गहनासमेत छोडेर जाने गरेका छन् ।”
पहिला दैनिक दिनमा दुई लाख देखि ३ लाखसम्मको व्यापार हुन्थ्यो अहिले दैनिक २० देखि ३० हजारसम्म व्यापार हुने गरेको सुनारले बताए । उनका अनुसार सुन त महंगो भएको छैन् । तर नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दिले गर्दा सुनको भाउ बढेको जानकारी दिए । त्यसैले पनि सुनको मुल्य आकासीदा सामान्य नागरिकलाई कुनै फरक नपरेको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलिघुईरकी देविसरा नेपाली राजकुमार सुनचाँदी पसलमा सामान्य नाकको नथिया बनाउन आएकी थिइन् । तर, त्यहि १ लालको टुक्कीलाई पनि १० हजार देखि १५ हजारसम्म मूल्य पर्ने हो कि भनि उनीलाई चिन्ता लागेको थियो ।
“हामी गरिब, दलितका महिला हौं, हामिलाई कुनै पनि आयस्रोत छैन, कसरी हामिले सुन लगाउन पाउँला, नाम सुन्दा त आकासै बाट झरेको जस्तो लाग्छ,” उनले भनिन्, “धनिमुनिलाई यस समयमा सुन लगाउन मिल्ला तर हामिलाई सुन त के नुन पाउन पनि गाह्रो पर्ने भयो ।”
अब त धनिका दिन आए हामि गरिबका दिन कहिले आउलान सुनको नाम सुनेर चित्त बुझाउनु बाहेक अरु केहीपनि नरहने मुगुका महिलाहरुको भनाई छ ।