मुगु । कर्णालीका प्रदेशका तीन हिमाली जिल्लामा खाद्यान्नको अभाव सुरु भएको छ ।
विकास र सडक सञ्जालसँग नजोडिएका कर्णालीका डोल्पा, मुगु र हुम्ला जिल्लामा खाद्यन्नको अभाव सुरु भएको स्थानीयले जानकारी दिएका छन् ।
नेपाल खाद्य संस्थान व्यापार कम्पनि लिमिटेडमा रहेका खाद्यान्न गोदामहरुमा चामल नहँुदा यति बेला यी हिमाली जिल्लामा खाद्यान्न अभाव शुरु भएको हो । खाद्य व्यापार कम्पनिमा रहेका खाद्यान्न गोदामहरु रित्तिएको, स्थानीय सरकार, प्रदेश सरकारले र अन्य संघसंस्थाले समयमै खाद्यान्नको विषयमा चाँसो नराख्दा अहिले कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव भएको हो ।
माथिल्लो डोल्पाका ३ गाउँपालिकामा हाल खाद्यान्न अभाव रहेको जनाईएको छ । माथिल्ला डोल्पाका छार्काताङसोङ गाउँपालिका, शेफोक्सुन्डो गाउँपालिका, र डोल्पो बुद्ध गाउँपालिकामा खाद्यान्न अभाव रहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनार जानकारी दिए ।
अत्यधिक चिसो मौसम भएकाले माथिल्लो डोल्पामा खाद्यान्न उत्पादन कम हुन्छ । खाद्य डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नु परेको स्थानीयको गुनासो छ । हिउँदयाममा चिसोका कारण माथिल्लो डोल्पामा केही काम गरिँदैन ।
उनकाअनुसार हाल सदरमुकाम दुनै बजारमा रहेको खाद्य संस्थानमा ४ हजार क्विन्टल मात्र खाद्यान्न स्टक छ । तिब्बतसँग सिमा जोडिएका यी तिन गाउँपालिकाका लागि उत्तरी छिमेकी मुुलुक चीनबाट खाद्यान्न आयात हुन्छ । हाल कोरोना भाईरस (कोभिड १९) को संक्रमणको डरले सिमा नाका सिल छ । यस बीचमा यसभन्दा अघि खाद्ययन्न आयात हुने नाकाबाट खाद्यान्न ल्याउन नसकिएपछि माथिल्लो डोल्पाका वस्तिहरुमा चरम खाद्यान्न अभावको संकेत देखिएको डोल्पाका प्मुख जिलला अधिकारी सुरेश सुनारले बताए । यताबाट खाद्यान्न ढुवानी तथा सामानहरु किनबेच गर्न चर्को मूल्य तिरेर खाद्यान्न आपुर्ति गर्ने अवस्था रहेको हँुदा चाईनाबाट सस्तो मूल्य हालेर ल्याउने गरेको उल्लेख गरेको सुनारले लकडाउन पश्चात खाद्यान्न निर्यात हुने नाकाहरु बन्द हुँदा जिल्लाको माथिल्लो क्षेत्रमा खाद्यान्न आपुर्ति गर्नमा सकस भएको हो ।
त्यस्तै हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको तल्लो र मध्य भेगका बस्तिहरुमा खाद्यान्न अभाव भएको छ । ९ हजार जनसंख्या रहेको सो गाउपालिकामा अहिले ४ हजार क्न्विन्टल मात्र चमाल रहेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । सो खाद्यान्नपनि बाढि पहिरो जस्ता विपदमा परेकोलाई मात्र राहत दिनेमा स्टक राखेकाले सर्वसाधारणलाई वितरण गर्न नपुगेको फडेराको भनाई छ । जिल्ला सदरमुकाम सिमिकोटमा खाद्यान्न केहीमात्रामा रहेको हुनसक्ने बताएका फडेराले उक्त खाद्ययन्न जिल्ला सदरमुकामलाई मात्र ठिक्क हुने भएकाले पनि जिल्लाको दक्षिण क्षेत्रका चारवटा गाउँपालिकामा खाद्यन्न समस्या देखिन शुरु भएको हो ।
उता मुगु जिल्लाको सदरमुकाम गमगढी बजारदेखि संस्थानका अन्य डिपोमा समेत खाद्यान्न अभाव भएको छ । खाद्य संस्थान व्यापार कम्पनि लिमिटेड मुगु शाखाको गत आर्थिक वर्षको स्विकृत कोटाअनुसार गमगढी बजारको लागि १० हजार, पुलु डिपोको लागि १२ सय, सोरुकोट डिपोकालागि २२ सय, खत्याडको रातापानि डिपोकोलागि १२ सय क्विण्टल स्विकृत भएको थियो । त्यस्तै रातापानिको लागि पुनः ८ सय, कालै डिपाका लागि ४२ सय ९९ क्विन्टल १ सय ७१ क्वीन्टल मात्र ढुवानी भएर विक्री वितरण भईसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुले जनाएको छ ।
शाखाका अनुसार जिल्लाका सबै डिपोमा अहिले चामल नभएर खाली छन भने शाखाकार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्विण्टल चामल मात्र स्टक रहेको मुगु शाखाका प्रमुख कर्णाबहादुर रावलले बताए । त्यही चामल पनि दैवि प्रकोप पिडित, जन्म मृत्यु लगायतका अत्यावश्यक कार्यका लागि भनेर राखिएको हो ।
सरकारले हरेक वर्ष दिदें आएको ढुवानी अनुदानको चामल नभएपछि अहिले गमगढीका निजि पसलमा चालमलको मुल्य आकाशिएको छ । खाद्य संस्थानमा चामल नभएपछि एक हजार ६ सय रुपैया मूल्य पर्ने चामल दुई हजार भन्दा माथिको मूल्यमा किनबेच भैरहेको छायानाथ रारा नगरपालिका ४ का स्थानिय खड्क सिहं भामले जानकारी दिए ।