कात्तिक १०, काठमाडौं । नेकपाले दसैं तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपाले आज शनिबार राजधानीको भृकुटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो।
चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरूलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए।
मुलुक नयाँ युगतिर जाने भनेर संविधानमा नै उल्लेख गरिएको स्मरण गर्दै उनले संमृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्दर्भमा सांस्कृतिक कार्यक्रमहरूको पनि विशेष महत्व रहेको बताए। उनले साँस्कृतिक पर्वले समाजमा जीवन्तता प्रदान गर्ने उल्लेख गरे।
चियापान समारोहमा नेताहरू माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगातको उपस्थिति छ।
प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजे पछि चियापान समारोहमा उपस्थित हुने कार्यक्रम छ ।
नेकपाले चिया, कचौरी, निमकी,केरा लगायत परिकार चियापानमा राखेको छ। चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधारणको उपस्थिति छ।
अहिलेसम्म नेकपा कै नेता कार्यकर्त मात्रै रहेको चियापान समारोहमा ३ बजेपछि प्रमुख प्रतिपक्षी दलका नेता र कुटनीतिक नियोगका अधिकारीहरू सहभागी हुने कार्यतालिका छ ।