हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशबाट मन्त्री र सांसदसँगको पहुँचका आधारमा छनोट हुने योजनाको संस्कारको अन्त्य गर्ने बताएका छन् ।
पहिरो पिडितहरुको अवस्थाका बारेमा स्थलगत अनुगमनका क्रममा हेलिकोप्टरबाट हुम्लाको अदानचुली र ताँजको गाउँपालिका पुगेका मुख्यमन्त्री शाहीले आवश्यक्ताका आधारमा योजना छनोटको चरण शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
“अहिलेसम्म प्रदेशबाटका योजना केही सांसदर मन्त्रीसँगको पहुँचकै भरमा रकम विनियोजन हुने काम भएको छ,” उनले भने, “अब हामी त्यस्तो परम्पराको अन्त्य गर्नकै लागि हामी स्थलगत अवलोकन गर्न आएको छौं ।” आवश्यक्तामा आधारित योजना छनोटको संस्कारको शुरुवात गर्न प्रदेश सरकाले काम अघि बढाउने बताएका मुख्यमनत्री शाहीले गाउँमा के आवश्यक्ता छ भन्ने आधारमा योजनाको छनोट हुने दावी गरे ।
कर्णाली प्रदेशबाट विनियोजन हुने आयोजनाहरुको न्यायोचि वितरणका लागि आफू प्रदेशका विभिन्न क्षेत्रमा पुग्ने गरेको जिकिर गरे । अदानचुलीको इलाका स्वास्थ्य कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली तीन कामका लागि गाउँ भ्रमणमा लागेको बताए । “कर्णालीका जिल्लामा गएको बाढी र पहिरोले पारेको क्षतीको एकिन गर्न, प्रदेशबाट विनियोजित बजेटबाट भए गरेका कामको कार्यान्वयनको अवस्था बुझ्नका लागि विभिन्न क्षेत्रको स्थलगत अध्ययनमा हामी आएका हौं,” मुख्यमन्त्री शाहीले भने, “आवश्यक्तामा आधारित योजना छनोट गर्ने परम्पराको शुरुवात गर्नका लागि पनि हामी आफै गाउँको भ्रमणमा आएका हौं ।”
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले विपत जोखिमयुक्त वस्ती र व्यक्तीहरुको सुरक्षामा प्रदेश सरकारका लागि परेको उल्लेख गर्दै विकास कसैले बक्सीस दिने कुरा नभएको बताए । आप्mनो विकास आफैले गर्ने उल्लेख गर्दै मन्त्री भण्डारीले उपहार र बक्सीसको रुपमा विकास नबुभ्mन आग्रह गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले हुम्लाको तल्लो क्षेत्रका नागरिकहरु विकासको भोका रहेको उल्लेख गर्दै प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताए । पहिरोको जोखिमको हवाई अनुगमन गरेको उल्लेख गर्दै मन्त्री रावलले आप्mनो निर्वाचन क्षेत्रका हरेक वडामा आधारभुत विकासको पूर्वाधार तयार गर्न लाग्ने बताए ।
स्थलगत रुपमा मुगुको धैनबाट हेलिकोप्टरमार्फत अदानचुली र ताँजकोट गाउँपालिकाका वस्तीहरुको हवाई अनुगमन गरे ।