सुन्दरकुमार थकाली
जोमसोम । दसैं लक्षित तिब्बती भेडा-च्याङ्ग्राको कारोवार प्रभावित भएको छ । बडादसैं सुरु हुन १२ दिन बाँकी रहँदा समेत अझै मुस्ताङ सदरमुकाम जोमसोममा भेडा-च्याङ्ग्रा बथान झरेका छैनन् ।
विगत वर्षमा घटनास्थापना सुरु हुन १५ दिन अगावै भेडा-च्याङ्ग्राको बथानले जोमसोम बजार गुल्जार हुने गथ्र्यो । विगतको त्यो रौनक जोमसोममा अझै देखिएको छैन । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण यस वर्ष उत्तरी छिमेकी देश चीनले नाका सिल गरेपछि मुस्ताङमा तिब्बती भेडा-च्याङ्ग्राको कारोबार ठप्पै भएको हो ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले विगत वर्षमा उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट करिब ५ देखि १० हजारसम्म भेडा-च्याङ्ग्रा भित्रिने गरेकोमा यसवर्ष कोरोना कहरकै कारण भेडा-च्याङ्ग्रा भित्रिने क्रम रोकिएको जानकारी दिए ।
चिनियाँ पक्षले कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा कडाई गरेको छ भने नेपाल पक्षले पनि भरसक तिब्बती भेडा-च्याङ्ग्रा भित्र्याउन रोक लगाएको अध्यक्ष बिष्टले उल्लेख गरे । उत्तरी कोरोलाको लुकीछिपी गर्ने नाकाबाट भेडा-च्याङ्ग्रा भित्रिने संम्भावना छकी छैन भनी सोधिएको प्रश्नमा उनले अहिले त्यो सम्भावना नभएको स्पष्ट पारे ।
विगत वर्षमा तिब्बती भेडा-च्याङ्ग्रा किनमेल गर्न नेपाली व्यापारी र तिब्बती व्यापारीहरुको समन्वयमा तिब्बती व्यापारीले कोरोला नाकासम्म भेडा(च्याङ्ग्रा ल्याइ पुर्याउने गथ्र्यो । यस्तै छिमेकी जिल्ला डोल्पा र मुगबाट पनि मुस्ताङमा भेडारच्याङ्ग्रा भित्रिने गथ्र्यो ।
डोल्पाली स्थानीय व्यापारीले तिब्बतबाट खरिद गरिएका भेडा-च्याङ्ग्रा डोल्पा हुँदै मुस्ताङ आइपुग्थे । तर ,यसवर्ष डोल्पाका स्थानीयले पालन गरेका सीमित लोकल भेडारच्याङ्ग्रा मात्र भित्रिने आंकलन गरिएको छ ।
लोघेकरका गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले यसवर्ष तिब्बतबाट भेडा-च्याङ्ग्रा नआउने भएपछि उपल्लो मुस्ताङीले पालन गरेका भेडा(च्याङ्ग्राको मुल्य गतवर्षको भन्दा २० प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
उनका अनुसार गतवर्ष जिउँदो रोजा भेडा-च्याङ्ग्राको प्रति गोटा १६ देखि १९ हजारसम्म पर्ने गरेकोमा यसवर्ष पशुपालक किसानको खोरमै २३ हजार देखि २७ हजार ५ सयसम्ममा खरिद बिक्री भईरहेको छ ।अध्यक्ष बिष्टले यसवर्ष उपल्लो मुस्ताङको लोमान्थाङबाट बढीमा ३ हजार र लोघेकर दामोदरकुण्ड गापाबाट बढीमा २ हजार भेडारच्याङ्ग्रा व्यापारीलाई बिक्री हुँने संम्भावना रहेको जानकारी दिए ।विगत वर्षहरुमा दशै लक्षित भेडारच्याङ्ग्रा खरिद गर्न म्याग्दी, कास्की, लमजुङ, सिन्धुपाल्चोक, काठमाडौं, चितवन, मुगु, जुम्ला र डोल्पालगायतका भेडारच्याङ्ग्रा व्यापारी मुस्ताङ आउने गथ्र्यो ।
मुस्ताङ सदरमुकाम जोमसोममा भेडारच्याङ्ग्रा धनी र व्यापारीको मोलमलाईको रौनक देखिन्थ्यो । दर्जनौ भेडा-च्याङ्ग्रा व्यापारीहरुको समुहरसमुहको टोली पशुपालक किसानको गोठ तथा तिब्बती च्याङ्ग्रा खरित्न कोरोलानाकासम्म पुग्थे ।विगतमा जोमसोम बजारमा तिब्बत, उपल्लो मुस्ताङ ,डोल्पा र मुगुबाट भित्रिएका भेडारच्याङग्राको बथानले स्थानीयको खोर भरिन्थ्यो ।जोमसोमका चरनक्षेत्र भेडारच्याङ्ग्राले ढाकिन्थ्यो ।
तर,यसवर्ष कोरोना कहरका कारण नत भेडा-च्याङ्ग्राको रौनक देखिएको नत व्यापारीहरुको चहलपहलनै देखिएको छ। मुस्ताङका भेडा-च्याङ्ग्राका व्यापार गर्दै आईरहेका दिपक पुनले पोखरारकाठमान्डौ केही व्यापारीले यसपटक टेलिफोनकै भरमा सीमिति प्रतिनिधि खटाई भेडारच्याङ्ग्रा खरिद गर्न थालेको जानकारी दिए ।
यस्तै,पर्वत जलजलाका कृषि सहकारी संस्थाका दुर्गाप्रसाद न्यौपाने पनि यसपटक च्याङ्ग्रा खरित्न मुस्ताङ आएका छन् । उनले वारागुङ मुक्तिक्षेत्र झोङमा १ सय ५० गोटा च्याङ्ग्रा २५ हजार देखि २८ हजारसम्मका दरले खरिद गरेको बताए । ुयसपटक १ हजार च्याङ्ग्रा खरित्ने योजना थियो, उनले भने, ुयही च्याङ्ग्रा महङ्गो पर्यो ,योजना अनुसार च्याङ्ग्रा खरित्ने आँट गर्नेै सकिन ।’ उनले खरिद गरेका च्याङ्गा गाउँमा पुर्याउने जानकारी दिए ।
लोघेकर दामोदरकुण्ड गापाले प्रतिगोटा भेडारच्याङ्ग्रा बिक्री गरे वापत पशुपालकबाट ५ रुपैया कर उठाएको छ ।यस्तै ,वारागुङ मुक्तिक्षेत्र गापाले यो वर्ष १ लाख ५० हजारमा भेडा च्याङ्ग्राको कर उठाउन टेन्डर गरेको छ । कर उठाउँने जिम्मा पाएका कागबेनी कर्माघ्याचो गुरुङले भेडा(च्याङ्ग्राको कर उठाउन टेन्डर मार्फत जिम्मा पाएको बताए ।प्रति गोटा भेडारच्याङ्ग्रा रु २० का दरले उठाउने जिम्मा गुरुङले पाएपनि भेडारच्याङ्ग्रा कम आउने देखिएपछि निराश बनेको बताउँछन् । उनले भने, ुकेही पैसा फाइदा हुन्छकी भनी भेडारच्याङग्राको शुल्क उठाउने टेन्डर हाले तर अहिलेसम्म च्याङ्ग्रा नझर्दा घाटा लाग्ने डर लागेको छ ।ु
कोरोना कहरका कारण जिल्लाको छोसेर, छोनुप, सुर्खाङ, चराङ, चुमजुङ, मराङघमी, घिलिङ, यारा, घारा ध्ये, ताङ्ग्या, चैले, छुसाङ, मुक्तिनाथ, धाकार्जुङ, फल्याक, तिरी, ताङ्वे र झोङ लगायतका गाउमा स्थानीय पशुपालकले पालन गरेका भेडारच्याङ्ग्रा धनीले रामै आम्दानी लिने अवस्था देखिएको हो । उपल्लो मुस्ताङबाट ५ हजार र वारागुङ मुक्तिक्षेत्रबाट २ हजार भेडारच्याङ्ग्रा र डोल्पाबाट ३ हजार च्याङ्ग्रा झर्न सक्ने जोमसोमका पशुपालक किसान भुपिन शेरचनले आँकलन गरेका छन् । उनले यसवर्ष मुस्ताङबाट १० हजार भन्दा बढी भेडारच्याङ्ग्रा नझर्ने प्रारम्भिक अनुमान गरेका छन् ।
चिसो मरुभुमीमा हुर्काईएका भेडारच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने गर्छ । हिमाली तथा उच्चपहाडी क्षेत्रमा पालन गरिएका भेडारच्याङ्ग्राले हिमाली वनस्पती यार्सा ,पाचऔले ,निरमसीलगायतका वनस्पती खाने भएकाले स्वास्थ्यका लागि समेत जीवन उपयोगी हुने भएकाले सहरबजारमा भेडा(च्याङ्ग्राको माग बढी हुने गरेको हो ।
मुस्ताङ कतिपय किसानले तिब्बतबाट स-साना पाठारपाठी ल्याएर हुर्काएर जोमसोम ल्याइ बिक्री गर्ने गर्छन् । गत वर्ष मुस्ताङबाट २३ हजार भेडारच्याङ्ग्रा जिल्ला बाहिरिएका थिए । घरपझोङ गाउँपालिकाले मुकाम भित्रिने भेडा-च्याङ्ग्राको पशुपंक्षी भेटनरी परीक्षणको जिम्मा स्याउ जोन कार्यालयका वरिष्ठ पशु चिकित्सकलाई दिएको गाउपालिकाले जनाएको छ ।
पशुपंक्षी जन्य पदार्थको आन्तरिक ओसाररपोसार तथा बिक्री बितरणका लागि भेटनरी प्रमाणपत्र आवश्यक पर्ने घरपझोङको पशु कार्यालयका कर्मचारी आईत थकालीले उल्लेख गरे । सेवाग्राहीको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भएकाले निकासी तथा पैठारीमा पशु निरोगिताको प्रमाणपत्र सरकारले अनिवार्य गराएको हो । तर ,विगतमा पशु चिकित्सकले पशु चौपायाको स्वास्थ्य परीक्षण नगरी हचुवाको भरमा पशु निरोगिताको प्रमाणपत्र भेडारच्याङ्ग्रा व्यापारीलाई दिइने गरिएको थियो ।