काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच पार्टी भित्रको विवादले बोलचाल बन्द भएका बखर सार्वजनिक भएसँगै प्रचण्ड सचिवलयले प्रष्टीकरण दिएको छ ।
पार्टी अध्यक्षद्धय बीच संवाद हिनताको अवस्थाले सरकार र पार्टीका थुप्रै काम थाँति रहेको भनिएका बोला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'पचण्ड'को सचिवालयले कोरोना भाइरसको ‘कन्टयाक्ट ट्रेसिङ’ कारण पार्छी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता नभएको जनाएको छ ।
पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्मा 'प्रभाकर'लाई कोभिड-१९ भएपछि अध्यक्ष प्रचण्ड ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कारण प्रधानमन्त्रीसँग भेट नभएको प्रचण्डको सचिवालयले जनाएको छ।
“जनार्दन कमरेडलाई कोरोना देखा परेपछि प्रचण्डसहित सबै कन्ट्याक्ट ट्रेसिङमा हुनुहुन्छ, जसका कारण उहाँ र प्रधानमन्त्री बीचमा भेटघाट हुन नसकेको हो,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, “केही दिनमा अध्यक्षज्यूको पीसीआर टेस्ट गरेपछि भेटघाट हुनेछ।”
नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्ड बीचमा विवादका कारण भेटघाट हुन नसकेको तर्कमा कुनै दम नरहेको प्रेस संयोजक सापकोटाको भनाइ छ।
उनका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आउने बित्तिकै 'प्रचण्ड' र प्रधानमन्त्री ओलीका बीचमा पुनः संवाद प्रक्रिया सुरु हुनेछ। गत कात्तिक ११ गते शर्मालाई कोभिड-१९ देखा परेको थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावले नेकपाका शीर्ष नेताका बीचमा विवाद देखा परेपछि यतिखेर संवादहीनताको अवस्था छ।
गत कात्तिक ३ गते यता ओली-प्रचण्ड बीचमा भेटघाट हुनुको सट्टा कर्णाली प्रदेशको सबालमा फरक-फरक विज्ञप्ति र निर्देशन भने आइरहेका कारण नेकपा विवादले अर्को मोड लिएको विश्लेषकहरूले प्रक्षेपण गरिरहेको बेला प्रचण्ड सचिवालयले ‘कन्टयाक्ट ट्रेसिङ’का कारण भेटघाट हुन नसकेको जनाएको हो।
पछिल्लो समय अध्यक्षद्धयबीचको दूरी बढेपछि महासचिव विष्णु पौडेललगायतका नेताहरुले दुई नेताबीचको परामर्शलाई तिब्र पार्दै भोली शनिबार स्थायी कमिटिका बैठक बोलाउने तयारी समेत थालेका छन् ।
साभार देखापडढी डटकम