काठमाडौं । महासचिव बिष्णु पौडेलले पछिल्लो पटक विवादको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता गम्भीर मोडमा पुगेको खुलासा गरेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको दुरी बढेसँगै भइरहेको चलखेलबाट पार्टी एकता नैसंकटमा पुगेको महासचिव पौडेलले खुलासा गरेका हुन् । पछिल्लो पटक पार्टी भित्रको विवाद समाधान गर्न पार्टी अध्यक्षद्धय र वरिष्ठ नेताहरुबीचको विवाद समाधान गर्न निकै लागेका महासचिव पौडेलले आज आप्mनो धनरणा सार्वजनिक गर्दै पार्टी एकता नैं गम्भीर मोडमा पुगेको बताएका छन् ।
महासचिव पौडेलले राखेको धारणा यस्तो छ,
राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो ।
पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ ।
नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।