काठमाडौं । विवादको श्रंखला निकै गम्भीर मोडमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हेडक्वटरका रुपमा मानिने सचिवालय बैठकमा प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक्लीदैं जान थालेका छन् ।
पार्टीको सबैभन्दा उच्च निकायका रुपमा मानिने नौ सदस्यीय नेकपाको सचिवालयमा पछिल्लो पटक छरपष्ट भएको विवादले अध्यक्ष ओली एक्लिदै गएको नेकपा सचिवालयका एक नेताले जानकारी दिए ।
'कार्यकारी अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर र ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य इश्वर पोखरेल ओली पक्षमा रहेका थिए', ती सदस्यले भने, 'पछिल्लो पटक बैठकमा प्रस्तुत अध्यक्षद्धयका फरकफरक प्रस्तावले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली एक्लीदैं जानु भएको छ ।'
केही साताअघि सरकारको कामकारबाहीलाई लिएर ओलीप्रति मौन समर्थन गरेका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल अहिलेसम्म कतैपनि खुलिसकेका छैनन् । स्रोतका अनुसार पछिल्ला केही दिनयता वालुटारबाट बिस्तारै खुमलटारतर्फ लचक भएको बताइएको छ । तर प्रधानमन्त्री ओलीको पक्षमा रहेका ईश्वर पोखरेल पनि पछिल्लो बैठकमा पेस भएका प्रस्सतावहरुमा छलफल गर्नुपर्ने पक्षमा उभिएपछि ओली एक्लिदै गएको स्रोतको दावी छ ।
आफू यसरी एक्लिदै गएपछि ओलीले बिधानअनुसार पार्टी कमिटिको बहुमतको निर्णयसमेत नमान्ने घुर्की लगाउँदै आएका छन् ।
यसअघि ओलीले स्थायी समितिको निर्णय विपरित मन्त्रिहरुको हेरफेर, राजदुत नियुक्तिका लागि सिफारिस र कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव ल्याउन उक्साएको भन्दै ओली इतरपक्षले असन्तुष्टि जनाउँदै छलफलका लागि बैठकको माग गर्दै आएको थियो ।