मंसीर १५, नेपालगन्ज । एचआइभी एड्सबाट बाँके जिल्लामा एक सय २६ जनाको ज्यान गएको छ।
जिल्ला एड्स समन्वय समिति बाँकेले राखेको रेकर्ड अनुशार अहिलेसम्म यो आर्थिक वर्षमा मात्रै मृत्यु हुनेको संख्या १३ पुगेको जिल्ला एड्स समन्वय समिति बाँकेका फोकल पर्सन रामबहादुर चन्दले नेपालबोटलाई जानकारी दिए ।
समितीको तत्थ्यांक अनुशार एचआइभीबाट संत्र,मित भएका मध्ये अघिल्लो आर्थिक वर्षमा १४ जनाको मृत्यु भएको थियो। यो आर्थिक वर्षको ५ महिनामै झन्डै गत वर्षकै हाराहारीमा ज्यान गुमाएका छन्, समितिका फोकल पर्सन चन्दले भने जिल्लामा एचआइभी संक्रमितको संख्या भने अहिलेसम्मएक हजार ८० पुगेको छ।
अधिकांश संक्रमित मध्ये झन्डै आधाले मात्र एआरटी सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुशार अहिले भेरी अञ्चल अस्पतालमा एआरटी सेवा लिनेको संख्या चार सय ६२ रहेको छ । जिल्लाका पाँच स्थानमा एचआइभी परीक्षण गर्ने व्यवस्था छ।
भेरी अञ्चल अस्पताल, एनसार्क, टीबी नेपाल, सैनिक अस्पताल र नेपाल परिवार नियोजन संघले यो सेवा विगत दुई वर्षदेखि प्रदान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।परीक्षणको सेवा विस्तार भएपछि हरेक वर्ष एचआइभी संक्रमितको संख्या पनि बढ्दो अवस्थामा छ।
अघिल्लो आर्थिक वर्षमा ७४ जना नयाँ संक्रमित फेला परेकोमा यो वर्ष ९४ पुगेको छ।