मंसीर १७, सुर्खेत । विकासका हिसाबले निकै पुछारमा रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजनाले कर्णालीको विकास संभव नभएको बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमवार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसंगको छलफल तथा परापर्श कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको वताए ।
एसियाली विकास वैंकले नेपालमा ठुलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्नेमा जोड दिए ।
‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन ।’ मुख्यमन्त्री शाहीले भनेः, ‘एउटा मात्रै भएपनि तर्पाईहरु पुर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस ।’
कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिनुभयो । ‘पेपर वर्क’ र ‘अफिस वर्क’ ले कर्णालीले चाहेको गतिमा समृद्धि संभव नभएको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकका प्रतिनिधिहरुलाई आग्रह गर्दै भने, ‘तपाईहरुले देखिनेगरि पुर्वाधारका क्षेत्रमा लगानी गरिदिनुस, कम्तीमा कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको वनाईदिनुस ।’
फाष्ट ट्रयाकवाट कर्णालीको विकास र आर्थिक समृद्धि हाँशील गर्ने प्रदेश सरकारको योजना रहेको वताउदै मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्ने धारणा राखे ।
कर्णालीको गरिवि र विकटता वेचेर व्यक्तिगत समृद्धि हाँशीले गर्ने प्रवृत्ति हावी रहेको वताउदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गरे ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, प्रदेश सरकारका प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।