मंसीर २२, सुर्खेत । जिल्ला र स्थानीय तहमा पार्टी एकिकरण अभियान सञ्चालन गर्ने निर्णय गर्दै नेकपा कर्णाली प्रदेश कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
कर्णाली प्रदशेको राजधानी सुर्खेतको एक तारे होटलमा बैठक सम्पन्न भएको हो ।
तत्कालिन नकपा एमाले र माओवादी केन्द्रबिच गएको जेठ ३ गते भएको पार्टी एकिकरण पछि गठन भएको भएको प्रदेश कमिटिको जम्बो बैठक सम्पन्न भएको हो । स्थानीय तहदेखि प्रदेश र संघिय सरकारमा दुई तिहाई बहुमतको नेकपाको बैठकले जिल्ला र गाउँमा पार्टीका गतिविधि सुन्य भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।
एकताको सन्देश गाउँ–गाउँमा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिने अभियान सबै स्थानीय तहका वडा तहसम्म पुग्ने निर्णय भएको छ । स्थानीय तह र जिल्ला कमिटिको एकिकरणका लागि सम्बन्धित भूगोल र प्रदेश कमिटी सदस्यको सल्लाहका संभावित व्यक्तिीहरुको विषयमा सूचि तयार पारेर प्रदेश कमिटिको अर्को बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।
बैठकले साविक एमाले र साविक माओवादी केन्द्रका संगठित सदस्यहरुको ब्यवस्थित अभिलेखीकरण गर्ने, चलअचल सम्पत्तिको एकीकृत ब्यवस्थापन गर्ने, प्रदेश कार्यालय स्थापना र ब्यवस्थापन गर्ने तथा बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले जानकारी दिए ।
बैठकमा प्रदेश सदस्यहरुलाई सपथ ग्रहण सहित पार्टीमा आप्mनो काम गरेको पृष्ठभूमि सहितको परिचय समेत गराइएको थियो ।
बैठकले बिशेष प्रस्ताव पारित गर्दै जनयुद्ध र जनआन्दोलनका घाइते अपांगको उपचारका लागि ब्यवस्थापन गर्न र कर्णाली प्रदेश स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिदप्रति उच्च सम्मान प्रकट गर्न सरकार र पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले अन्य प्रदेशलाई उछिन्दै प्रदेशको नामाकरण र राजधानी तयलगायतका महत्वपूर्ण निर्णय गर्न सफल बनेकोमा प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
पार्टीका प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा भएको बैठकलाई सम्वोधन गर्दै इञ्चार्ज प्रभाकरले एकताको भावना पार्टी सदस्यसम्म पु¥याउन प्रदेश सदस्यहरुलाई निर्देशन दिए ।
सह–इन्चार्ज कंडेल र माओवादी मुगुको बहिष्कार
पहिलो पटक बसेको नेकपा कर्णाली प्रदेशको बैठकलाई सहइन्चार्ज यमलाल कंडेल र तत्कानिल माओवादी केन्द्र मुगुका नेताहरुले बहिष्कर गरेका छन् ।
पार्टी कैन्द्र र प्रदेश नेतृत्वले केन्द्रिय सदस्य, प्रदेश कमिटी र प्रदेश संसदिय दलको जिम्मेवारी भिाजनमा असन्तुष्टि जनाउँदै नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यमलाल कंडेल र मुगुका नेताहरुले बैठक बहिष्का गरेका छन् ।
पार्टीले जिम्मेवारी विभाजन गर्ने वेला अहिलक हचुवाका भरमा निर्णय गर्यो काठमाडौंमा रहेका कँडेलले नेपालबोटसँग भने, परिभाषित जिम्मेवारी नभएकाले बैठकमा जान उचित ठानिन ।”
पहिलो पटक बसेको प्रदेश कमिटीको बैठकमा नजानुको तिब्र असन्तुष्टिलाई खासै नखुलाएका नेता कंडेलले प्रदेश पार्टीको जिम्मेवारी विभाजन र प्रदेश संसदिय दलको नेताको जिम्मेवारी विभाजनमा आफूलाई अन्याय गरेको प्रति संकेत गर्दै बैठक बहिष्कार गरेर आप्mनो असन्तुष्टि व्यक्त गरेका छन् ।
उता प्रदेश र प्रतिनिधि सभाको निर्वाचन देखि नै केन्द्रले हेपेको बताएका साविकका माओवादी केन्द्र मुुका नेताहरुले सँधै केन्द्रको पेलाइमा पर्ने भएकाले आफू बैठकमा जानको औचित्य नभएको भन्दै प्रदेशको पहिलो बैठक सामुहिक बहिष्कार गरे ।
पार्टी केन्द्रकै करणआप्mनो अस्थित्व नामेठ भएको बताएका त्कालिन माअोवदी केन्द्र मुगुका एक नेताका अनुशार हरेक पटक अहिलेसम्म पार्टीमा गरेको मुगुको लागनी र त्याकको कुनै लेखाजोखा नहुने भएपछि बैठकमा गैरहनु आवश्यक नरहेको भन्दै सामुहिक बहिष्कारमा लागेको बताए ।
पार्टी कन्द्र र प्रदेशले तत्कालिन माओवादी केन्द्र मुगुलाई विषेश संवोधन नगरे आफू चुपलाग्ने मुगुका नेताहरुको सल्लाह छ ।
शनिबार बिहान साढे ११ बजेबाट शुरु भएर अपरान्ह ६ बजेसम्म बसेको बैठकमा प्रदेश सरकारको योजना र अवस्थाका बारेमा मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी गाएका थिए ।
कर्णाली हेर्दा कठिन तर सम्भावनै सम्भावनाले भरिएको प्रदेश भएकाले चुनौतिसँग जुध्दै संभावनालाई यथार्थमा बदल्न सम्पूर्ण पार्टी पंक्ति नयाँ कर्णाली निर्माणको अभियानमा लामबद्ध हुनुपर्ने तबाएका मूख्यमन्त्री शाहीले प्रदेशको नाम र राजधानी, योजना आयोग गठन, पर्यटन बर्ष घोषणा, अर्गानिक प्रदेशको आधार तयार पार्नेलगायतका निर्णय गरी प्रदेशलाई नयाँ गतिमा अघि लगिएको बताए ।