पुष ३, समकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थानीय तहका कमिटी बिचको एकिकरणका लागि नेकपा हुम्लाको कार्यकर्ता भेला आज सिमकोटमा हुदैछ ।
सात गाउँपालिका भएको हुम्लामा पार्टी एकिकरणको अभियानलाई गाउँस्तरसम्मै पु¥याउन र पार्टी एकिकरणको सन्देश जिल्ला स्तरिय नेता तथा कार्यकर्तामा प्रवाह गर्न आज कार्यतर्का भेलाको आयोजना गर्न लागिएको हो ।
गएको मंसीर २२ गते सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश कमिटिको बैठकको निर्णय अनुशार जिल्लामा कमिटि गठन गर्न २३ गते सात सदस्यीय कार्यदल समेत गठन गरिएको थियो । कार्यदलको निर्धारित तालिका अनुशार पुस १ गते गर्ने भनिएको भेला २ दिन पछि आज हुन लागेको हो ।
भेलाका लागि पुर्व एमाले र माओवादी केन्द्रका जिल्ला स्तरा नेताहरु सिमकोट केन्द्रित भएका छन् । भेलालाई लक्षित गरेर नकेपा कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीको टोली सुर्खेत हुदै अहिले सिमकोट गएको छ भने राजधानीमा भएका अन्य नेताहरु नेपालगञ्ज देखि सिमकोट जान लागेका छन् ।
असन्तुष्ट पक्ष अनुपस्थित हुने
एकिकृत नेकपाको स्थानीय किमिट गठन गर्ने आधार तय गर्न पहिलो पटक आयोजन ागर्न लागिएको हुम्लाको भेलाप्रति असन्तुष्टहरु संख्या बढ्दै गएको छ । पार्टीको केन्द्रिय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटिमा सिफारिस गर्दा नै पार्टी मर्यादा र जिम्मेवार अनुशार नभएको भन्दै तत्कालिन नेकपा एमाले र माआृवादी केन्द्रका असन्तुष्ट पक्षले आजको भेलामा सहभागिता नजनाउने संकेत गरेका छन् ।
गत वर्ष मंसीरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको टिकट वितरण देखि नै प्रष्ट दुई भागमा विभक्त भएको माओवादी केन्द्रका निर्वतमान जिल्ला इन्चार्ज छिमिदोजै लामा आशाकर पक्षले आजकाो भेला बहिष्कार गर्न भएको छ ।
केन्द्र र प्रदेशको सदस्य सिफारिसमा निकै असन्तुष्ट देखिएको उक्त पक्षले एकिकृत पार्टीको जिल्ला नेतृत्वको विषयमा छलफल नगरेर एके पटक स्थानीय तहको कमिटिका विषयमा छलफल गर्नु आवश्यक नभएको टिप्पणी गरेको आसाकर पक्षले जिल्ला कमिटि गठन नहुञ्जेल हुने कनैपनि गतिविधिमा आप्mनो संलग्नता नरहने संकेत गरेको छ । उता साविकको एमालेको असन्तुष्ट देखिएको पुर्व पार्टी अध्यक्ष तथा स्थानीय पार्टी एकिकरण कार्यदलका सदस्य दल फडेराको पक्षले समेत आजको बैठकमा सहभागिता नजनाउने संकेत गरेको छ ।