काठमाडौं । अहिले ९ बजेबाट शुरु हुने भनिएको सामुदायिक रेडियो प्रसारक संघको सातौं अधिवेशन अचानक स्थगित भएको छ ।
अधिवेशनका लागि देशैभरका सामुदायिक रेडियोहरुबाट अधिवेशन प्रतिनिधि संघीय राजधानी काठमाडौं पुगेपछि अकोरावका अध्यक्ष र महासचिवले अन्तिममा असुरक्षाको कारण देखाउँदै अधिवेशन स्थगित गरेका छन् । अधिवेशन सञ्चालन गर्ने बारेमा बोर्डको अन्तिमम बैठक सकेर सबै तयारी पुरा भएको वेला अधिवेशन स्थगित हुनुलाई अस्वभाविक रुपमा हेरिएको छ ।
प्रतिनिधि रेडियोहरुको मेलमा सोमबार राती ११ बजेर २४ मिनेटमा परिपत्र गर्दै अध्यक्ष सुवाश तिवडा र महासचिव गोविन्द देवकोटाले असुरक्षाको कारण देखाउँदैं अधिवेशन स्थगित गरेको जनाएका छन् ।
संघको अध्यक्ष खतिवडा र महासचिव देवकोटाद्धारा हस्ताक्षर गरिएको सोमबार राती विज्ञप्तीमा भनिएको छ, ‘सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को यहि फागुन २५ गते काठमाडौंमा हुने तय गरिएको ७ औं अधिवेशन तथा १५ औं साधारणसभाको पूर्वसन्ध्यामा संघका पदाधिकारीलाई कार्यालयमा आएर केही व्यक्तिले धम्काएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ धम्की दिने व्यक्ति किटान नगरिएको विज्ञप्तीमा भनिएको छ,‘अधिवेशनमा सहभागि हुने आधिकारिक प्रतिनिधिको विषयमा शुरु भएको विवाद उत्कर्षमा पुगेको र असुरक्षाको वातावरणउत्पन्न भएको विषम परिस्थितिले गर्दा भोली (फागुन २५ गते) का लागि तय भएको अधिवेशन तथा साधारणसभा र निर्वाचनका सबै कार्यक्रम हाललाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । यो निर्णयबाट अधिवेशनमा आउनु भएका प्रतिनिधिमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्राथी छौं ।’
अकोराव बोर्डबाटै बिरोध
अधिवेशनको उद्घाटन सत्र शुरु हुनुभन्दा ११ घण्टा अघि तत्थ्यपरक कारण नभई अधिवेशनका कार्यक्रमलाई स्थगित गरिएको प्रति अकोराव बोर्डका पदाधिकारी सहित देशभरका प्रतिनिधिहरुले असन्तुष्ट जनाएका छन् । अधिवेशन स्थगत भएको खबर बाहरि आए लगत्तै प्रतिक्रिया दिदैं अकोरावका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले नेतृत्वलाई नित्कृष्टताको संज्ञा दिएका छन् ।
राती सामाजिक सञ्जाल फेसवुकमा प्रतिक्रिया दिदैं उपाध्यक्ष गिरीले नेतृत्वप्रति प्रश्न गर्दै भनेका छन्, ‘यस्ता नित्कृष्ट नेतृत्वबाट के पाठ सिक्ने ? हारसँग डराएर तुच्छ कायरता प्रदर्शन गर्ने दुस्साहस कस्तो पुर्खाले दियो होला ? पुखाएले आर्जेको पवित्र संस्था माथि कालो धब्बा छर्ने यस्तो तिम्रो दुस्कार्यलाई भावी पिंडिले के भन्ला ? धिक्कार छ, अपराधीहरु, पाप लाग्छ ।’
अध्यक्ष र महासचिवद्धारा जारी गरिएको विज्ञप्ती लगत्तै उपाध्यक्ष अर्जुन गिरी सहितका २४ जना पदाधिकारीले अन्तिममा स्थगित हुनुको चर्को बिरोध गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को सातौ अधिवेसनको पूर्व सन्ध्यामा मध्यरातमा अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाको नामवाट विज्ञप्ती जारी गरि अधिवेशन स्थगन गरिएको सूचना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उनिहरुले उल्लेख गरेका छन् ।
सामुहिक रुपमा जारी विज्ञप्तीमा भनिएको छ, ‘देशभरवाट सामुदायिक रेडियोका प्रतिनीधिहरु काठमाण्डौ आइसकेको अवस्थामा कपोलकल्पीत भ्रामक कारण देखाइ अधिवेशन स्थगन गर्ने दुस्प्रयास कुनै हालतमा पनि लोकतान्त्रीक समाजका लागि सह्य हुन सक्दैन । संस्थाको प्रतिष्ठा गरिमा समेतमा आँच आउने गरि गरिएको यस प्रकारको अवैधानीक कृयाकलाप कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।’
स्थगनको रिोध गर्दै अकोरावको वर्तमान कार्यसमितिका मोहन चापागाँइ, निर्वतमान अध्यक्ष, किशोरजंग थापा, सल्लाहकार, अर्जुन गिरी, बरिष्ठ उपाध्यक्ष, निमेश कर्ण, उपाध्यक्ष, भुवन सिंह, उपाध्यक्ष, वन्दना दनुवार, सचिव, भुमिराज चापागाई, लेखा समिती संयोजक, रमेश जोशी, विज्ञ सदस्य, सरोज पौडेल, विज्ञ सदस्य, केपी घिमिरे, अध्यक्ष, लुम्वीणी प्रदेश, अशोक दत्त, अध्यक्ष, प्रदेश नं. २, दिर्घराज उपाध्याय, अध्यक्ष, सुदुर पश्चिम, कृष्णहरि घिमिरे, अध्यक्ष, वाग्मती प्रदेश, शान्ति गुरुंग, अध्यक्ष, गण्डकी प्रदेश, मिलन गाहा मगर, सदस्य, बिष्णु अवस्थी, सदस्य, ध्रुवराज ढकाल, सदस्य, टिकाजंग थापा, सदस्य, गणेश श्रेष्ठ,सदस्य उमेश सुनुवार, सदस्य, अजय यादव, सदस्य, सुक्रराज भण्डारी, सदस्य, राम भरोषी महतो, सदस्य र
ललिता कुष्मी, सदस्यले सहमती जनाएका छन् ।