हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा टेलीफोन गर्न गाउँबाट करिब २ घण्टाको बाटो हिड्नु पर्ने बाध्यता छ ।
६ वटा वडा भएको उक्त गाउँपालिकाको नेप्कामा त अहिले सम्म टावरनै नबनी टेलीफोन मोबाईल के हो ? भन्ने थाहा थिएन अहिले त्यहाँ टावरको सामाग्रीहरु आई पुगेकोले टावर बनी रहेको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले बताए ।
भौगोलीक हिसाबले ठुलो र धेरै खोल्सा खोल्सी भएको उक्तm गाउँपालिकामा एकमात्र नेपाल टेलीकमको टावर मेल्छाम ५ मासीधारमा ०६६।०७७ सालमा बनेको थियो । उक्त टावर कम क्षामता भएकोले सिमित मात्रमा टेलीफोन हुँने गर्दथ्यो तर अहिले आएर पुर्णरुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिडेर रुखको टुप्पोमा गएर फोन गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष चौलागाईले बताए ।
टेलीफोन नभए पनि इन्टरनेट सेवा छ तर अत्यन्तै सुस्त छ त्यो पनि सबै नागरीकको पहुँचमा छैन गाउँपालिकाका अध्यक्षका अनुसार स्थानीयको त कुरै नगरौ आफु समेत २ घण्टाको बाटो हिडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ । त्यो पनि घाम लागेको बेला काम गर्छ घाम नलागेमा वर्षा,हावा,हुरी लागेमा तथा हिमपात भएमा त त्यो पनि ठप्प हुँन्छ ।
उनि आफै गाउँपालिकाको अध्यक्ष भएर पनि नेपाल टेलीकमप्रती अत्यन्तै दुख ब्यक्तm गर्दै उनी भन्छन्, ‘अति जरुरी परेका बेला आफैलाई धिकार्न बाहेक बिकल्प छैन,कोही बिरामी पर्दा होस् या अन्य कुनै सरकारी काम पर्दा होस दुई ढाई घण्टा हिड्नै पर्छ ।’
आफु गाउँपालिकाको अध्यक्ष भैसके पछि पनि धेरै पटक सञ्चार मन्त्रालय,नेपाल टेलीकममा धाउँदा धाउँदा हैरान भैसकेको बताउँदै आफुलाई धेरै दुख दिएको बताउनु भएको छ सम्बन्धीत निकायले हुँन्छ हुँन्छ भन्ने तर काम उनिहरुले केही नगर्नुले पनि आफुलाई धिक्कार लाग्छ ।
यती बेला पनि टावरले काम नगरेको हप्ता दिन भैसक्यो जिल्ला प्रशासन कार्यालय,नेपाल टेलीकम लगायत सम्बन्धीत निकायलाई समयमै जानकारी गराई सकेको तर यसको म्रमतको लागि कोही टाली नखटाएको बताए ।
उहाँका अनुसार आफु सम्बन्धीत निकायमा जाँदा भिस्याट बिस्तार गर्ने नेपाल सरकारको रणनिति भएकाले नयाँ टावरहरु बिस्तार नगर्ने भएकाले फ्रोर जी बिस्तारको लागि देश भरी ५६ वटा टावरहरुको टेन्डर भैसकेको बताउँछ तर त्यो भनेको २ वर्ष भैसक्यो तर तिनिहरु नबनेको बताए ।
नेपाल टेलीकम बेखर
टेलीकमका टावरहरु के कती सञ्चालनमा छन् के कती कारणले बिग्रीएको हो त्यो सम्बन्धमा नेपाल टेलीकम पनि ब्यखबर देखीएको छ । गाउँपलिकाका अध्यक्षले नै जानकारी गराए पनि हुँन्छ गरौला भन्ने बाहेक अरु कुनै शब्द नफर्काए पछि उनि आफै नेपाल टेलीकमले कुनै काम गर्न नसकेको बताएका छन् ।
नेपाल टेलीकमका प्राबीधिक राम खातीलाई सोध्दा उनले भने आफुलाई पनि त्यती जानकारी नभएको तर सोही गाउँपालिकाको नेप्कामा टावर बनाउन जाँदा त्यहाँ स्थीत सबै टावरहरु हेरेर आउने योजना थियो हामीले यहाँबाट टावरको सबै सामाग्रीहरु माथि पठायौ त्यहाँकै एक जना स्थानीयले ढुवानीको जिम्मा लिएका थिए बिचैमा ढुवानी गरेको गाडी पल्टीदा केही सामाग्रीहरु टुटफट भएको तर के कती सामाग्रीहरु टुटफुट भयो आफुहरुलाई जानकारी नहुँदा केही ढिलाई भएको हो । उनले ढुवानीकर्ताले के कती सामाग्रीहरु टुटफुट भयो सो को जानकारी हामीहरुलाई दिए सोही अनुसार नयाँ सामाग्रीहरु खरीद गरेर लिएर जाने भन्ने योजना रहेको छ अब हामी केही दिनमै यसको पहल गर्ने बताए ।