सिमकोट । नेकपा माओवादी केन्द्र हुम्लाको अदानचुली गाउँ कमिटिले वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधिलाई दल त्यागको कारबाही गरेको छ ।
आज (सेमबार) बसेको गाउँकमिटि सचिवालयको बैठकले अदानचुली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी काबाही गर्न सिफारिस गरेको हो ।
गाउँकमिटि अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माअोवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी ( नेकपा एमाले) लागेको भन्दै पार्टी वडा अध्यक्ष थापा र सदस्य महतारालाई कारबाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको जानकारी दिए । ‘लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा यहाँहरु आउनु भएको छैन्, अध्यक्ष पुनले भने, ‘पार्टीको सम्पर्कमा नआएपछि हामीले पछक–पटक पठाएको स्पष्टिकरण समेतको जवाफ नदिएपछि बाध्य भएर पार्टीले यस्तो निर्णय गर्नु परेको हो ।’
अध्यक्ष पुनका अनुसार बैठकले पार्टीका राज्य कमिटि सदस्य धन्जे दमाई ‘संकलन’ सहित तीनै जनालाई पार्टीको साधारण सदस्य नरहने गरेर कारबाही गर्न सिफारिस गरेको जानकारी दिए ।
माओवादी केन्द्रले कारबाहीका लागि सिफारिस गरेका संकलन पार्टीका राज्य समिति सदस्य हुन भने थापा र महतारा पार्टीको जिल्ला कमिटि सदस्य रहेको बताइएको छ ।
पार्टीमै पुनरावेदन गर्छौ– वडाअध्यक्ष थापा
माअोवादी केन्द्रको अदानचुली गाउँ कमिटिले निर्वाचित पद रिक्त रहने गरेर दल त्यागको कारबाही गरेका भनिएका अदानुचली–१ वडा अध्यक्ष रग थापाले आफूमाथि कारबाही गर्ने निर्णययको पार्टी भित्रै पुनरावेदन गर्ने प्रतिक्रिया दिएका छन् ।
पार्टीले कारबाहीका लागि गरेको सिफारिसका बारेमा जानकारी नपाएका वडा अध्यक्ष थापाले भने, म २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन माअोवादी केन्द्रको टिकटबाट निर्वाचित भएको हुँ, पछि एमाले र माओवादी केन्द्र बीच एकिकरण भएर बनेको नेकपामा आवद्ध भएँ । त्यसपछि अहिलेसम्म म अन्य कुनै पार्टीमा आवद्ध छैन् तर पूर्वाग्रही ढंगले कारबाही गरे म पार्टी भत्रै न्याय खोज्छु ।’
पार्टी भित्रकै केही व्यक्तिहरुले म माथि भौतिक अक्रमण गर्दा मैले उनिहरुलाई कारबाहीको माग गर्दा पनि सुनुवाई नभएपछि पछिल्लो समय कुनै पनि पार्टीको सम्पर्कमा गएको छ्रन् तर अर्को पार्टीमा लागेको भन्ने आरोप सहि नभएको प्रतिक्रिया दिए । माओवादी केन्द्रको बाहेक हामी (म र वडा सदस्य वर्ष महतारा) सँग नेकपाको समेत सदस्य लगेको रसिद छैन्’ उनले थपे, अन्य पार्टी लागेको भन्ने आरोप केवल व्यक्तिगत रिसिइवी बाहेक अरु केही होइन् । त्यसमा पार्टीले हामीलाई न्याय गर्नेछ ।’
वडा अध्यक्ष थापा मोआवदी केन्द्रकै स्थानीय नेताद्धारा यस अघि दुई पटक कुटिएका थिए ।