मुगु । हिमाली जिल्ला मुगुका ४ वटा स्थानीय तहले ९ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेका छैनन् ।
जिल्लामा रहेको एक नगरपालिका छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को सामाजिक सुरक्षा भत्ता नौ महिना बित्दा समेत वितरण नगरेका हुन ।
यि मध्ये जिल्लाको पुर्वी करान भृगमा पर्ने मुगुम कार्मारोग गाउपालिकाले मात्र पहिलो चौमासिक भत्ता वितरण गरेको गाउपालिकाले जानकारी दिएको छ । यतिका महिना सम्म भत्ता वितरण नगर्दा ज्येष्ठ नागरिक, वृद्ध, वृद्धा बालवालिकाहरुले सास्ती खेपिरहेका छन् । भत्ताको आसमा बसेका गरिब, दलित, अपांगताहरुको आस भत्ता कहिले पाउला भनेर आसामै महिना बिति सकेको छ ।
यता छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रि प्रसाद शर्मा वाग्लेका अनुसार नगरपालिकामा नौ महिना सम्म सामाजिक सुरक्षा भत्ता वितरण नगर्नुको कारण सदरमुकाम गमगढी बजारको विजुली र ईन्टरनेटले काम नगर्दा वितरणमा ढिलाई भएको बताए । विगत भनदाा केही वर्ष यता नगरपालिकाले बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेकाले केही ज्येष्ठ नागरिकहरुको बैक खाता नखोल्नु र खाता खोलेका ब्यत्तिको पनि बैक प्रणलीमा केही समस्या आउनाले वितरण कार्यमा ढिलाई भएको वाग्लेको भनाई छ ।
उनले यो पनि बताएकि नगरपालिकामा दरबन्दि वाला कर्मचारी नहुनु र भएका कर्मचारी पनि करार भएका कारण यस्तो समस्या आएको जानकारी दिए । ९ महिना देखि हाल सम्म जिल्लाका चार वटै स्थानीय तहले बजेट निकासा नगर्दा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको उनीहरुको भनाई छ ।
छायानाथ रारा नगरपालिका वडा नं ५ का बालक निरज भियालका आमा ईन्द्रा भियालका अनुसार बालवालिकाले पाउने बाल पोषण भत्ता नपाउदा केही मिठो मसिनो पोषण दिने खानेकुरा छोरा लाई खुवाउदा सोचेको थिए भत्ता नपाउदा घरमा जे पाक्छ त्यहि खुवाउने गरेको आमाले भियालले बताईन । उनले भनिन हाम्रो कुनै ठाउ बाट आयस्रोत छैन, रोजगार पनि छैन कसरी बाल बच्चा लालपालन गर्ने उनको चिन्ता रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत वाग्लेले यो भनेका छन कि अब नगरपालिका बाट वितरण हुने सामाजिक सुरक्षा भत्ता बढिमा एक हप्ता र घटिमा ४ दिन भित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनले प्रतिवद्धता जनाउनु भएको छ ।
हाल सम्म जिल्लाका स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा यहाका सेवाग्राही हातमा लड्डु समाते जस्तै भएको उनीहरुले बताएका छन् ।