मुगु । गाडीको ठक्करबाट हिमाली मुगुका लागि नेपालगञ्जबाट ल्याईएका लाखौ मुल्यका कुखुरा बिच बाटोमै मरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रकने मुगुम कार्माराङ गाउपालिका–९ का लागि ल्याईएका ३ हजार ७ सय कुखुरा मध्ये अधिकांश कुखुराहरु सम्बन्धित स्थलमा नपुग्दै बिच बाटोमै मरेका हुन् ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगमा उक्त कुखुरा ल्याईएका थिए । स्थानीय लागत साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयको जम्मा २० लाखको लागतमा मुगुम कार्मारोग गाउँपालिका वडा नम्बर ९ का किसानका लागि वितरण गर्न ल्याइएका कुखुरा कालिकोटको सेराबाडा भन्ने स्थानमा दईवटा सवारी साधन एक आपसमा ठोक्एिपछि बीच बाटोमै मरेको बताइएको छ ।
केही कुखुरा मरिसकेका थिए भने जिवित रहेका अन्य कुखुरा मुगु सदरमुकाम गमगढी पुगुन्जेलसम्म मरेको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढाले जानकारी दिए ।
‘ति मध्ये के कति कुखुरा मरे वा कति मरेका छैनन् भन्नै एकिन गरेर नमरेका कुखुरा किसानले लिन चाहे हामी वितरण गर्छौ’ कार्यालय प्रमुख बुढाले नेपालवोटसँग भने, ‘प्राविधिक कारणले जिल्ला ल्याउँदै गर्दा बिच बाटोमै सवारी साधन बिग्रिएका हुनाले थप समस्या आएको हो ।’
कार्यालयको आर्थिक वर्ष २०७७/७८ को स्थानीय लागत कार्यक्रम अन्तर्गत मुगुम कार्मारोग गाउँपालिकाको वडा नं ८ र ९ का समुदायको माग अनुसार जम्मा ३ सय ९८ घरधुरीलाई वितरण गर्ने गरी कुखुरा विकास फर्म खजुराबाट लोकल, लेयर्स र गिरिजात गरेर तीन जातका कुखुरा १२ गते राति मुगुका लागि छुटेको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जनाएको छ ।
गएको वैशाख १२ गते बिहान कालिकोटको शेरावाडामा १५ सय बढि मात्रामा चल्ला बोकेको सवारी स्लिप खाँदा अगाडी रहेको २०६७ नम्वरको सवारीलाई ठक्कर दिँदा १ सय भन्दा बढि कुखुरा त्यहि स्थानमा मरेको बताइएको छ ।