पुस १३, सिमकोट । स्थानीय तहका पार्टी कमिटीको एकिकरणको अभियानमा गाउँ पसेको नेपाल कम्यूनिष्ट पाटी (नेकपा) हुम्लाले सातै वटा गाउँपालिका स्तरिय संयोजन कमिटि गठन गरेको छ ।
गाउँपालिका कार्यालय टिमको नाम दिईएको उक्त कमिटीमा प्रति गाउँपालिकामा चार सदस्यीय टिम बनाइएको कर्णाली प्रदेश कमिटि सदस्य पमेत रहेका कार्यदल सदस्य हस्तबहादुर शाहीले बताए । अभियानका क्रममा अदानचुली गाउँपालिकाको श्रीनगरमा बसेको कार्यदलको बैठकले स्थानीय तहमा पाटीलाई व्यवस्थीत र एकिकरणमा थप सहयोग गर्ने हेतुले उक्त कमिटी गठन गरिएको अर्का कार्यदल सदस्य तथा अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।
कार्यदलको बैठकमा सर्वसम्मत ढंगले कमिटी बनाइएको बताएका फडेराले नेपालबोटलाई भने, “नेकपा हुम्लाको स्थानीय कमिटी समायोजन कार्यदलको बैठकले स्थानीय तहमा नेकपाको रिक्ततालाई पूर्ति गर्न हरेक पालिकामा चार सदस्यीय नयाँ कमिटी बनाइएको हो ।”
नेकपा केन्द्रिय सदस्य तथा हुम्ला जिल्लाका कार्यदलका संयोजक विजय भण्डारी ”प्रतिरोध“को अध्यक्षतमा बसेको बैठकेले जिल्ला कमिटी र गाउँपालिका कमिटी चयन नहुञ्जेलसम्म पार्र्टी कार्यलय देखि स्थानीय सत्ता सञ्चालनमा सहजिकरण गर्न उक्त टिम बनाइएको हो ।
को को परे चार जना ?
ताँजकोट गाउँपालिका अकविर खड्का, मंगल नेपाली, अमर शर्मा, दलजीत नेपाली
अदनचुली गाउँपालिका दीर्घबहादुर सिह, कर्णबहादुर रोकाय, धर्मराज शाही, र जनक विष्ट
चंखेली गाउँपालिका टिका शाही, उद्दीम भण्डारी, भारमल बुढा, र अजमल बुढा
सर्केगाढ गाउँपालिकका जोशी धामी,हर्क बहादुर शाही, राजेन्द्र कार्कि र मान बहादुर थापा
खार्पुनाथ गाउँपलिकामा प्रकाशबहादुर शाही, शक्तिसिंह ऐडी, पूर्वबहादुर रोकाया र देवसिंह रोकाया
सिमकोट गाउँपालिका कमल बोहरा, ढबल रावल, महेन्द्रबहादुर शाही, र जंग बोहरा
नाम्खा गाउँपालिका सोनाम लामा, लातार लामा, प्रेम लामा र तेन्जन लामा