पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ ।
यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो । गुरुङले गत आइतबार राजीनामा दिएकाछन् ।
सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिए । यस समयभित्र विपक्षी दलहरूले बहुमत पु¥याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ । अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ ।
त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुनुहुन्छ । विपक्षी दलले हिजो साँझसम्म पनि बहुमत पु¥याउन सकेका छैनन् । आज दिनभरमा बहुमत जुटाउन नसके पुनः गुरुङ नै मुख्यमन्त्री बन्नुहुनेछ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकारको बनाउने प्रयास गरिरहेका भए पनि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका दुई संसदले साथ छाडेपछि समस्या परेको छ ।
काँग्रेसबाट त्यहाँ कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने तयारी छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले काँग्रेसलाई साथ दिन नसकिने बताए । उनी पार्टीको निर्णयविपरीत उभिएका छ ।
६० सदस्यीय प्रदेशमा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक रहेको छ ।