सिमकोट । जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै जान थालेपछि नेकपा माओवादी केन्द्रले आप्mनो पार्टी कार्यालयले आइसुलेशन प्रयोजनका लागि हस्तान्तरण गरेको छ ।
संक्रमितको संख्या बढ्दै जाने र संक्रमितलाई राख्ने आइसुलेशनको अभाव हुने भएपछि माअोवादीले कोराना कहरको अवधीमा सिमकोट तल्लो बजार स्थित बक्त बुढा प्रतिष्ठानका नाममा रहेको पार्टी कार्यालयले प्रयोग गर्न जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई हस्तान्तरण गरेको हो ।
आज (मंगलबार) बसेको डिसिसिएमसीको बैठकमा माअोवादी केन्द्रका जिल्ला इन्चार्ज बिजय भण्डारी ‘प्रतिरोध’ पार्टी कार्यालय प्रयोग गर्ने पत्र केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
‘कोरोना संक्रमणको अवधीमा पार्टी कार्यालय सञ्चालन गर्नु भन्दा हामीले आइसुलेशन बनाउनका लागि कार्यालयमा भएका हल, कोठा र वाथरुमलाई डिसिसिएमशीले प्रयोग गरोस भन्ने हेतुले हतान्तरण गरेका हौं’ माअोवादी जिलला इन्चार्ज भण्डारीले भने, ‘कोरोना संक्रमणलाई थप फैलन नदिन राजनीतिक दलहरु समेत लाग्नु पर्छ भन्ने मान्यताले हामीले यो अभियान शुरु गरेका हौं ।’
माओवादी केन्द्रले पाटि कार्यालयमा भएका दुईवटा मिनिहल, तीन वटा साना कोठा र तीन वटा सौचालयलाई आइसुलेशनका रुपमा प्रयोग गर्न हस्तान्तरण गरेको जनाएको छ । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले कारोना विरुद्ध नागरिक जागरण अभियान सञ्चालन भैरहेका बेला माओवादी केन्द्रले शुरु गरेको कार्य निकै प्रशंसनिय भएको बताएका छन् ।
स्थानीय स्तरसम्म सबैभन्दा ठूलो संरचना राजनीतिक दलहरुकै भएको उल्लेख गरेका प्रजिआ आचार्यले जिल्लाका सबै राजनीतिक दलहरुलाई स्थानीय स्तरसम्मका सबै संयन्त्रलाई कोरोना विरुद्धको लडाइमा एक भरु लाग्न आब्हान गरे ।