जेष्ठ ५ काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेश कमिटिका अध्यक्ष गोरख बहादुर बोगटीले पार्टी बिरोधी गतिबिधीमा कोही कोही नलाग्न अपिल गर्नु भएको छ ।
आज सामाजीक सञ्जालमा अध्यक्ष बोगटीले साविकका दुई पार्टी(एमाले र माओवादी केन्द्र) बीचको एकताबाट निर्माण भएको नेकपा भित्र शिर्ष तहमा रहेका केही नेताका यक्ती बिशेषका स्वार्थसिद्धिका समस्याले चरम रुप लिएको परिणाम स्वरुप तत्कालीन पार्टीबीचको एकता भङग हुने अवस्थामा पुगेको सबैलाई छर्लग भएको भन्दै तत्कालीन पार्टीभित्रको उक्त अवस्या कायम रहेकै बेलामा सर्वोच्च अदालतको फैसला अनुसार साविकका दुबै पार्टी पुर्ववत अव्यवस्थामा स्थापित हुन पुगेको विषयमा पनि कसैलाई अलमलमा नपर्न पनि गर्नु भएको छ ।
उनले यस्तो परिघट्नाबाट नेकपा(एमालें पुर्ववत अवस्थामा स्थापितभइ सकेको अवस्थामा यसको आन्तरिक जीवनलाई मजबुत बनाई एकताबद्ध एमालेको परिचयसहित सिघ्रातिशीघ्र देशब्यापी रुपमा साङगठनिक, राजनीतिक,सामाजिक तथा जनहितको कार्यहरुमा जुट्नुपर्ने आवस्यकता रहेको उल्लेख गर्नु भएको छ ।
यो बेलामा एमालेका नेता तथा कार्यकर्ता हामी सबै अत्यन्त संयमित भई बिगतमा आफुबाट भएका कमिकमजोरीलाई आत्म समीक्षासहित महसुस गर्ने हिम्मत गरौं । बिगतका तिक्तता तथा एकअर्कोप्रतिका आग्रह(पुर्वाग्रह भुलौ । हामी जो कोही आत्मकेन्द्रीत सोचाई तथा चिन्तनबाट टाढा रहन सकौ । पार्टीको शीर्ष नेतृत्वबीच भावनात्मक एकता कायम गर्नगराउन तथा पार्टी एकतालाई मजबुत बनाउन आ(आफ्नो ठाउँबाट हमी सबैले सक्दो सकारात्मक भुमिका खेलौ । हामी सबै पार्टीको अनुशासनमा बसौं । पार्टी बिरोधी गतिबिधीमा कोही नलागौ( नलगाऔं । अबका दिनमा जो कोहीले पनि आफ्ना लेखाइ तथा बोलाईबाट पार्टीभित्रकै अर्को कमरेडलाई होच्याउने, खुइल्याउने, मानमर्दन गर्ने, मनोविज्ञानमा नकारात्मक असरपार्ने खालका कृयाकलाप बन्द गरौं ।
यसतो छ अध्यक्ष बोगटीको अपलि
मलाई लागेका कुरा
साविकका दुई पार्टी(एमाले र माओवादी केन्द्र) बीचको एकताबाट निर्माण भएको नेकपा भित्र शिर्ष तहमा रहेका केही नेताका यक्ती बिशेषका स्वार्थसिद्धिका समस्याले चरम रुप लिएको परिणाम स्वरुप तत्कालीन पार्टीबीचको एकता भङग हुने अवस्थामा पुगेको विषय हामी सबैलाई घाम जत्तिकै छर्लङ्ग छ । तत्कालीन पार्टीभित्रको उक्त अवस्या कायम रहेकै बेलामा सर्वोच्च अदालतको फैसला अनुसार साविकका दुबै पार्टी पुर्ववत अव्यवस्थामा स्थापित हुन पुगेको विषयमा पनि कसैलाई अलमल छैन होला । यस्तो परिघट्नाबाट नेकपा(एमालें पुर्ववत अवस्थामा स्थापितभइ सकेको अवस्थामा यसको आन्तरिक जीवनलाई मजबुत बनाई एकताबद्ध एमालेको परिचयसहित सिघ्रातिशीघ्र देशब्यापी रुपमा साङगठनिक, राजनीतिक,सामाजिक तथा जनहितको कार्यहरुमा जुट्नुपर्ने आवस्यकता हो । यसैमा एमालेका नेता,कार्यकर्ता तथा सिंगो मुलुकको भविष्य जोडिएको कुरा पनि सबैलाई स्पष्टै छ । तर बिडम्वना हाम्रो पार्टी भित्रको आन्तरिक बिबादले चर्को रुपलिई पार्टी एकतालाई कमजोरमात्र बनाएन कि पार्टीलाई बिभाजनकै डिलमा पुरयाएको अवस्थाले एमालेका निष्ठावान कार्यकर्ता, समर्थक , शुभचिन्तक तथा जनतामासमेत निरासा पैदा गरेको थियो । यसैबीचमा केहीदिन अघि पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आपसी छ्लफल भई पार्टी एकतालाई कायम राखी यसलाई अझ बलियो बनाउने सहमति भयो । सो सहमतिलाई कार्यरुप दिनका लागि उहाँहरुकै सहमतिले कार्यदल निर्माण भयो । कार्यदलले आफ्नो कार्य प्रारम्भ गरि सकेको पनि देखिन्छ । यो बिषयले अहिले आम कर्यकर्तामा एकहदसम्म आशा पलाएको र खुशी पैदा गरेको पाइन्छ । कार्यदलले पार्टी एकतालाई बलियो बनाउने उपाए पहिल्याउने छ भन्ने कुराको आशा गरिएको छ । यतिबेला अब कुनै पनि बहानामा पार्टीभित्रकै कोही कसैबाट पार्टी एकतालाई कमजोर बनाउने कृयाकलाप नहोउन् भन्ने चिन्ता र चासो आम कार्यकर्तामा रहेको पाइन्छ । अत यो बेलामा एमालेका नेता तथा कार्यकर्ता हामी सबै अत्यन्त संयमित भई बिगतमा आफुबाट भएका कमिकमजोरीलाई आत्म समीक्षासहित महसुस गर्ने हिम्मत गरौं । बिगतका तिक्तता तथा एकअर्कोप्रतिका आग्रह(पुर्वाग्रह भुलौ । हामी जो कोही आत्मकेन्द्रीत सोचाई तथा चिन्तनबाट टाढा रहन सकौ । पार्टीको शीर्ष नेतृत्वबीच भावनात्मक एकता कायम गर्नगराउन तथा पार्टी एकतालाई मजबुत बनाउन आ(आफ्नो ठाउँबाट हमी सबैले सक्दो सकारात्मक भुमिका खेलौ । हामी सबै पार्टीको अनुशासनमा बसौं । पार्टी बिरोधी गतिबिधीमा कोही नलागौ( नलगाऔं । अबका दिनमा जो कोहीले पनि आफ्ना लेखाइ तथा बोलाईबाट पार्टीभित्रकै अर्को कमरेडलाई होच्याउने, खुइल्याउने, मानमर्दन गर्ने, मनोविज्ञानमा नकारात्म असरपार्ने खालका कृयाकलाप बन्द गरौं । आइपरेका बिभिन्न समस्याहरुका बारेमा कमिटी प्रणालीबाट खुलमखुलस्त छलफल गरी हल गर्ने बिधिलाई सबैले लागू गरौं । यसो गर्न सके एकताबद्ध एमाले बनाउन कसो नसकिएला ।।।।।।