जेठ ८ हुम्ला । अघिल्लो आर्थिक वर्ष देखी बिबाद हुँदै आएको लौठी काँखे बारीगाउँ हुँदै कर्गइ जाने भनीएको सडकमा फेरी बिबाद भएको छ ।
गएको जेठ २ गते उपाध्यक्ष सौमती रावलको अध्यक्षतामा बसेको बैठकले गाउँमा कोरोना संक्रमीतको संख्या बढेको भन्दै ९ गते सम्म एक हप्ताको लागि गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा कोही पनि नागरीक एक गाउँबाट अर्को गाउँमा जान नपाईने,सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द गर्ने,ति कार्यालयमा राखीएका ईन्टरनेट समेत बन्द गर्ने निर्णय गरेको थियो तर त्यसको ठिक बिपरीत उपाध्यक्ष रावलकै गाउँ बस्तीका सबै नागरीकहरु जेसीबी समेत ल्याएर उक्त बिबादीद सडक खन्न लौठीको गाउँको माथी पुगे ।
उनिहरु डोजर सहित मुख्य बिन्दु वा जिरो पोईन्टमा पुग्न बित्तीकै वडा नम्बर ४ लौठीका सबै नागरीक आएर सडक गाउँको माथि भएर खन्न नमिल्ने भन्दै अबरोध गरे । डोजरले करिब १० मिटर जती खनी सकेको थियो सोही समयमा दुबै पक्ष बिच भनाभन भयो,सामान्य हात हालाहाल भएको त्यहाँका स्थानीय हरीप्रशाद जैसीले बताए ।
अदानचुली गाउँपालिका वडा नम्बर ४ का हरीप्रशाद जैसी,जयराज जैसी लगायतका स्थानीय नागरीकहरुले उपाध्यक्ष सौमती रावलको नेतृत्वमा आएको टोलीले हाम्रो गाउँलाई धोष्त पार्ने गरी उपाध्यक्षको गाउँलाई सिधा पर्ने गरी हाम्रो गाउँको माथि सडक खन्न खोज्दा हामीले अबरोध गरेको बताएका छन् । उनले भने हामीले सडकको अबरोध गरेका होईनौ तर पनि उपाध्यक्ष लगायत त्यहाँका नागरीकहरुले गाउँको सिधा माथि सडक खन्दा गाउँ र बिद्यालय लगायत अन्य हुँने क्षेतीको जिम्मेवारी हामी हुँने छौ भन्ने कागज गर्नु पर्यो भनेका हौ तर पनि उपाध्यक्ष लगायत त्यहाँ नागरीकले हामीहरुको मागको बारेमा सुनुवाई नगरी सडक खन्न नदिने भनेका हौँ ।
उनले थपे हामीले यती भन्दा भन्दै उनिहरुले जबरजस्ती गरे हाम्रा गाउँकी महिलाहरु लगायत केहि युवाहरुले माथिबाट सडक लिन नदिने भन्दै धेरै बोले त्यस पछि हाम्री महिलाहरु माथि हात हाले महिलाका केही गरगहन हराएका छन्,धेरैलाई चोट लागेको छ । यो नितान्त उपाध्यक्षको निरंकुशता हो यता आफैले गाउँपालिकालई सिल गर्ने उता आफ्नो गाउँ लिने सडक खन्न डोजर सहित त्यहाँका सबै नागरीक पठाउने ? यसको सबै दोस् उपाध्यक्ष हुँन् ।
तर उता उनिहरुले उपाध्यक्षकै नेतृत्वमा भनेता पनि उपाध्यक्ष भने सो ठाउँमा नआएको बुझिएको छ । गाउँका नागरिकहरु आए तर उनि आए नआएको कसैले खुलाएका छैनन् लौठीका नागरीकले भने उनकै नेतृत्वमा हो उनिहरु धेरै नागरीकहरु लडाई भए लडाई गरौला भनेर डाँडै भरि भरीएका थिए आए नआएको हामीलाई थाहा नभएको स्थानीय जयराज जैसीले प्रतिकृया दिए तर उपाध्यक्ष रावलका नजिकका भनिएका उनकै वडाका दलराज शाहीले भने उपाध्यक्षलाई आफुले नभेटेको प्रतिकृया दिए बिहान फोन गर्दा आफु बिरामी भएको बताएकी थिईन तर पनि आज हामीले देखेनौ भने । उनले भने हामीहरु गाउँका केही नागरीक गएको साँचो हो तर हामी त्यहाँ कुनै हातपात गर्न गएका थिएनौ,कसैको गर गहना लुट्न गएका पनि थिएनौ त्यस्तो कार्य गरेनौ पनि । तर पनि उनिहरुले लगाएको आरोप निराधार भएको बताएका छन् उनले भने अघिल्लो वर्ष गाउँपालिकाका अध्यक्षले सिलान्यास गरी सकेकाले कुनै बिबाद हुँदैन होला भन्दै सडक खन्न गएका हौँ तर लौठी गाउँका आक्रम तरीकाले आए हामीले प्रतिकार गर्यौ अन्तत सडक खन्य कार्य रोकीएको बताए ।
यस बिषयमा जानकारी लिनको लागि उपाध्यक्षलाई धेरै पटक सम्पर्क गर्यौ तर पनि उहाँले फोन उठाउनु भएन । त्यस पछि हामी गाउँपालिकाका अध्यक्ष दल फडेरालाई सम्पर्क गर्दा उहाँले यो बिषयमा कुनै जानकारी नभएको प्रतिकृया दिनु भएको छ ।
तर कोरोना कहरमा जिल्लाभर निषेधाज्ञ जारी भएको अवस्थामा सडक खन्ने नाममा भिडभाड गर्ने र विवदा गर्ने कार्य राम्रो नभएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उक्त काम तत्काल रोक्न निर्देशन दिनु भयो उहाँले यो सडक बिबादको कुरा यस भन्दा अघि पनि आएकाले जस्ता सुकै बिकासका काम गरे पनि यो निशेधाज्ञा पनि गर्न निर्देशन दिनु भयो ।
विज्ञप्तीमा दोहोरी
कर्ण रोकाया सुधार
जेठ ९ गते सम्म सिल गर्ने निर्णयका हस्ताक्षरकर्ता समेत रहेका नेकपा माओबादी केन्द्र अदानचुली गाउँ कमिटि इृन्चार्ज कर्ण रोकाया सुधारले बन्दाबन्दीको उलंघन बैठकको अध्यक्षता गरेकै ब्यक्तिबाट हुँनु सोभनीय नभएको भन्दै बक्तब्य जारी गरेका छन् यती बेला हामीहरु कोरोना संक्रमण हुँन नदिन लागि पर्ने तर उपाध्यलेले भने सोही समयमा मानिसहरुलाई ल्याएर सडक खनाउनु बिबेकी नभएको उल्लेख गर्दै उक्त सडकको लागि गाउँपालिकाका अध्यक्षले समेत सिलान्यास गरी सकेकाले ढिलो या चाँडो सडक काटीने भएकाले त्यहाँ दाजुभाईले शासकिय शैली प्रयोग नगरी बिबेकीय प्रयोग गर्न आग्रह गर्नु भयो ।
यस्तो छ उहाँको बिज्ञप्ती
बक्तब्य
मानव जातिकै प्रमुख सत्रुका रुपमा देखीएको कारोना भाईरस कोभीड १९ ले बिश्वनै आतंकीत भएको बेला नेपालमा पनि दिन प्रतिदिन ७।१० हजारको संख्यामा संक्रमीत भएको र प्रतिदिन सयौको संख्यामा मृत्यु भएको दुखद समाचार सुनेका छौ । नेपालकै पिछडीएको जिल्ला हुम्ला र हुम्लाको छिमेकी जिल्ला मुगुमा पनि राज्यबाट सेवा सुबिधा पुग्नुको सट्टा कोरोना भाईरस जस्ता महामारी,रोग,भोग,बेरोजगारी र गरिबी पुगेको छ । दैनिक ज्याला मजदुरी गरेर जिवन जिउने दाजुभाइैको लागी रोग भन्दा भोगले पिरल्ने गरेको छ ।
कोरोना भाईरस कोभिड १९ एक खालको बिश्व युद्धको रुप लिएर प्रस्तुत भएको छ । नेपालमा पनि हजारौ नेपालीहरुले कोरोनासंग युद्ध लडी रहेका छन् । औषधी अक्सिजन र स्वास्थ्य सामाग्री यस महामारी युद्धका हतियार हुन भने देसै भरिका भगावान रुपी स्वास्थ्यकर्मी मित्र,जनसेनाको रुपमा कोरोनासंग लड्दै जनताको ज्यान बचाउन सफल भएका छन । कोरोना युद्धको नेतृत्व तिनै तहका सरकारले गरेका छन । यो कोभिड संग आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर लडिरहेका देशै भरिका स्वास्थ्यकर्मी र बिशेष गरी यस हुम्ला जिल्लाका सात वटै गाउपालीकामा सेवा प्रवाह गर्दै कोभिडसंग लड्दै आउनु भएका स्वास्थ्यकर्मी मित्रहरुलाई नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र )अदानचुली गाउँ कमिटीको तर्फबाट हार्दिक आभार प्रकट गर्दै उतm स्वास्थ्यकर्मी मित्रलाई स्थानीय सरकारले प्रोत्साहन भतmाको ब्यावस्था गरी प्रसंसित बनाई उच्च मनोबल बढाई दिन हुन स्थानीय सरकारलाई आग्रह समेत गर्दछु ।
कोरोना नियन्त्रणका लागी सबै राजनितीक दल,स्थानीय सरकार,स्वास्थ्यकर्मी,संञ्चारकर्मी,सुरक्षाकर्मी लगाएतका ब्याक्ती सबै एकढिक्का भएर कोभिड बिरुद्ध अघि बढ्न अपिल समेत गदैछौ । कोभिड ब्यावस्थापनका लागी ने.क.पा.माओबादी केन्द्र अदानचुली गाउँ कमिटीले स्थानीय सरकारलाई साथ दिने प्रतिवद्धताका साथ ने.क.पा.माओबादी केन्द्रले कोरोना नियन्त्रणका लागी अदानचुली गाउकार्यपालिका र राजनितिक दलको संयुक्त बैठकले मिति २०७८ जेष्ठ २ गतेको निर्णयको कार्यान्वयन गर्न गराउन सबै वडा पार्टी कमिटीलाई निर्देशन दिई पालना भएको कुरा अवगत गराउदै यही २०७८ जेष्ठ ६ गते काखेँ बारिगाँउ हुदै करगई सम्मको सडक निर्माणको काम डोजर मार्फत सुरु गरी काखे बारीगाउ र लौठीका दाजुभाई बिच बिबाद गराएको खबर सुन्दा हामी सबै चिन्तित भएका छौ ।
जेष्ठ २ गते बसेको बैठकलेको अध्यक्षतामा गरेकी अदानचुलि गाउँपालिकाकी उपाअध्यक्ष ज्यू बाटै निर्णय उलंघन भएकोमा घोर आपत्ती प्रकट गर्दै आगामी दिनहरुमा यस्ता गल्ती गर्ने जो कोही ब्याक्तीलाई यस्तो गलत कार्य नगर्न आग्रह समेत गरिन्छ । काँखे बारिगाँउ हुदै करगई सम्मको सडक निर्माणको लागी कार्यपालीकाको बैठक भित्रै बाट बिवादित बनाईएको हो । साबिकको कालीका बाटै कार्यपालीका सदस्यको एक मत नहँुदा अदानचुली ५ र ६ लाई सडक संञ्जालबाट बञ्चित गराईएको छ । अदानचुली गाउपालीकाले गत सालमा कालागाड करगँई हुदै लमही पाल्स जाने सडक निर्माण कार्यलाई निरन्तरता दिने र काँखे बारीगाँउ हुदै करगई जाने सडकको समेत सिलान्यास गरी अदानचुली गाउँपालीकासँग निर्णय गर्ने सहमती गरि अदानचुली गाउपालीकाका अध्यक्ष ज्यू को हातबाट सिलान्यास भै सकेको कुरा सबैलाई थाहा नै छ । सिलान्यास के को लागी गरिएको हो त्यो पालिकाले जान्ने कुरा हो । उक्त सडक निर्माणको लागी लौँठी काँखे बारीगाँउका आदरणिय दाजुभाई लाई आबेकी नभई बिबेकी भईदिन र एक पाईला अगाडी दुई पाईला पछाडीको नितिलाई आत्मासाथ गर्दै आ आफ्ना अडानबाट तल झरी सासकिय सैली त्यागी सेबकिय सैलीका साथ अघि बढ्न अनुरोध गर्दै कोभिडसँगको लडाई र बिकास निर्माणको लागी एकजुट भई अदानचुली गाँउपालिकाका सडक संञ्जालबाट बञ्चित भएका गाँउ बस्तीमा सडक संञ्जाल जोड्न र निर्माण भएका सडकको स्तर उन्नती गर्ने तिर स्थानीय सरकारलाई ध्यानआत्रषण गराउदै यो बक्तब्य जारि गरिएको छ ।
धन्यवाद,लालसलाम !!!
कर्ण रोकाया(सुधार)
अदानचुली गाउँपालिका ३ हुम्ला
हर्क बहादुर शाही सहित काँखे बारीगाउँबासीको सम्युक्त्त विज्ञप्ती
अघिल्लाे दिनमा घटेको घटना र कर्ण राेकायाले दिएको बिज्ञप्तीको बिषयलाई खण्डन गर्दै काँखे बारीगाउँका नागरीकहरुले पनि प्रेष विज्ञप्ती प्रकासीत गरेका छन् आफ्नो गाउँको सिरानबाट सडक लिन मिल्दैन भन्ने लौठीका केही बिकास बिरोधी तर बुद्धिजिबि हुँ भनेर फुई गर्ने डुकुलण्ठ सहित पर्दा पछाडीबाट सामाजीक सञ्जाल मार्फत अफबाह फैलाउनेहरुले गर्दा यस्तो समस्या भएको उल्लेख गरीएको छ ।
उक्त बिज्ञप्तीमा भनिएको छ यो निमार्ण गर्ने भनिएको सडकले लौठीबासीको जग्गालाई कही केही नहुँने भन्दै सहमतीको प्रयास गरेको तिन बर्ष बित्दा पनि कुनै सहमती नभएको उल्लेख गर्दै हामीहरु कहीँकतै पनि शासकिय शैली प्रयोग नभएको बरु बिबेकीय शैली प्रयोग गरेको बताएको छ । लौठी गाउँका केही फेसबुके खुरापातीहरुले सामाजिक सञ्जाल फेसबुकमा लेखे जस्तो राणशासन र ताना शाह शब्दको घोर भत्सना समेत गरेको छ ।
जिल्ला बिपद ब्यबस्तापन केन्द्रले १५ गते सम्मको निशेधाज्ञ सम्म मात्र पर्खेकोले सोही ठाउँबाट सडक ल्याउनको लागि जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने उल्लेख गरिएको छ ।
यस्तो छ बिज्ञप्ती
यस भन्दा अघि पनि सिगाे गाउँका नागरीक सहित दुबै पक्षबाट पटक पटक गाउँपालिकामा बिज्ञप्ती बुझाएका छन् ।
पटक पटक किन भैरहेको छ सडकको बिबाद ।
सडक सबै गाउँमा पुग्नु पर्छ र पुगाउनु पनि पर्छ तर पनि त्यहाँ केही नेताहरुको प्रतिष्ठको बिषय बनेको छ । गाउँपालिको केन्द्र श्रीनगरबाट लौठी र पाम्सको बिच भागमा सडक पुगेको छ । करिब २ वर्ष अघि वडा नम्बर ४ ले बिस्व खाद्य कार्यक्रम अन्त्रगतको ३० लाखको बजेटले गाउँको माथि सडक लिनु उपयुक्त नहुँने ठहर गरी वडा नम्बर ४ का सबै गाउँ बस्तीमा पुगाउँनको लागि पाम्स र्याउल्या देखी केही तल झारेर लौठी गाउँको बिचमा सडक काटी सकको छ । लौठी गाउँ क्रस गरेर करिब १ किलोमिटर भन्दा धेरै पार गरी सकेकोले लौठी गाउँका नागरीकहरु सडक २।२ ठाउँमा किन काट्ने ? सडक एकै जुन हामीले लिएका छौँ त्यही ठाउँबाट लिनु पर्छ ? गाउँको माथि लगेपछी हाम्रो गाउँ निकट भबिस्यमा पहिरोले पुरीएर केही रहँदैन त्यसो भएकोले कुनै पनि हालतमा सडक गाउँको माथिबाट लिन दिनु हुँदैन भन्ने पक्षमा उभिएका छन् ।
तर उताका(काँखे र बारीगाउँ) नागरीकहरु भने कुनै पनिहालतमा दुई गाउँको बिचबाटै ल्याउँने पक्षमा उभिएका छन् ।
जुन लौठीको गाउँबाट खनीएको सडक धेरै खनी सकेको छ । लौठीको बिच गाउँ हुँदै लडक लिने हो भने वडा नम्बर ६ र वडा नम्बर ५ कै कर्गइलाई छोटो र सिधा पर्ने भएकाले उनिहरु सबै जुन अहिले सडक काटीएको छ त्यसैको पक्षमा उभिएका छन् तर लौठी र र पाम्सको बिचबाट लिने हो भने वडा नम्बर ६ पुरै र वडा नम्बर ५ को आधा नागरीकलाई घुमाउरो र लामो पर्ने भएकाले पनि धेरै जनसंख्या लौठी गाउँका बिचबाटै लिनु पर्नेमा समर्थन गरेका छन् ।
लौठी गाउँको माथिबाट लिने हो भने उपाध्यक्ष सहित केही नेताहरुको गाउँ जान सिधा पर्छ तर अन्य सबै गाउँलाई टाढा,लामो र घुमाउरो पर्छ । ५ नम्बर वडाका वडा अध्यक्ष सहित ६ नम्बर वडाका अध्यक्ष पनि तलैबाट लिनु पर्ने बताउँदै आएका छन् ।
यस अघि अदानचुली गाउँपालिकाले पनि सडक तलैबाट खन्ने तर सबै गाउँमा सडक पुर्याउनको लागि छलफल र समतीको आधारमा पुगाउने निर्णय गरेको छ तर पनि निरन्तर बिबाद भैसके पश्चा गाउँपालिकाका अध्यक्ष दल फडेराले छलफल र परामर्श गर्दै जाने भन्दै दुबै ठाउँको सडक सिलान्यास गर्नु भएको छ । उपाध्यक्षको गाउँ जाने सडक सिलान्यास भए पश्चात वडा नम्बर ५ को करगई र वडा नम्बर ६ जाने सडक खन्न सुचारु भएको थियो तर पनि यस किसिमको बिबाद भए तल्लो सडक खन्न अबरोध हुँन सक्ने त्यहाँका स्थानीय सहित जिम्मेवार नेता तथा कार्यक्रताले बताँउदै आएका छन् ।
बिबाद भएको लामो समय बिति सके पछि हार र जितको लडाई देखीएको छ । लौठी भन्दा माथी सडक काटीने हो भने त्यहाँका नेताका रुपमा देखीएका हस्त बहादुर शाही, सौमती रावलको जित हुँने छ भने हरीप्रशाद जैसी लगायत लौठी गाउँको हार हुँने देखीन्छ यता जुन हाल सडक काटीएकै ठाउँबाट सडक लिन काँखे बारीगाउँबासी ईच्छुक हुँने हुँन् भने हरीप्रशाद जैसी लगायत लौठी गाउँको जित र उपाध्यक्ष र हस्त शाहीको हार हुँने भएकाले यस्तो बिबाद आएको अन्य गाउँका स्थानियले बताउँदै आएका छन् । तर कसैको हार र जित नसम्झी सडक लिने हो भने जुन सुकै ठाउँबाट सड लिदा पनि उपयुक्त देखीन्छ ।