मुगु । कोरोना संक्रमणको डरले मुगुमा बहुमूल्य जडिवुटी यार्साकुम्बो संकलनमा रोक लगाइएको छ ।
पछिल्लो समय कोभिड–१९ को दोश्रो लहरमा संक्रमणको दर डिकै डरलाग्दो भएकाले यार्सा संकलनमा उत्तरी क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिकाले बन्देज लगाएको हो ।
र्यासासंकलनलाई खुला गर्दा संकलन गर्ने मानिसहरुको भिडभाड हुने र त्यसले कोरोना संक्रमण थप भयाभह हुने भएको निष्कर्ष निकाल्दै गाउँपालिकाको जेठ २ गते बसेको गाउँकार्यपालिकाको बैठकले यो वर्षपनि यार्सा संकलनमा रोक लगाएको हो ।
‘अवस्था सहज भएकाले वैशाख १८ गते बसेको कार्यापालिकाको बैठकले यार्सागुम्वा संकलन खुल्ला गर्ने निर्णय गरेको थियो’ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले भने, ‘कोरोनाको दोस्रो लहरले गाउँपालिका पनि संक्रमितको संख्या देखिएकाले यो वर्ष संलकन मा रोक लगाउने निर्णय गरेका हौं ।’
विभिन्न जडिबुटीको खानी भएको यस गाउँपालिकामा बहुमुल्य जडिबुटी यार्सा पनि प्रसस्त पाईने भएकाले गाउँपालिकाका स्थानीय र बाहिरबाट आउने स.कलनहरुको ठूलो भिड लाग्ने भएपछि यो वर्ष तत्कालका लागि यार्साकुम्बो संलकनमा रोक लगाइएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएको बेला यार्साको संकलनले संक्रमणको दर झनै बढ्ने र यसबाट बचने सुरक्षाको भरपर्दा माध्यम नभएकाले आउन सक्ने जोखिम भएकाले संकलनमा रोक लगाइएको मुगुम कार्मारोङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिए ।
अधिकृत बुढाका अनुसार गाँउपालिकाको सानो कोईकी, ठूलो कोईकी, हाङदाङ खोला, छापाखोला, डोल्फु पाटन, रिमाट, लगायत दर्जनौ पाटनमा पाईने र्यासा संकलनमा रोक लगाइएको हो ।
‘र्यासा संकलन गर्न जिल्ला बाहिर र जिल्ला भित्रबाट हजारौको संख्यामा संकलनको जमघट हुने हुँदा संक्रमणको ठूलो जोखिम हुने देखियो’ प्रशासकिय अिधकृत बुढाले नेपालवोटलाई भने,‘संभावित संक्रमणको जोखिम हुने भएपछि स्थानीय प्रशासनसँगको परामर्शमा गाउँपालिकाले तत्कालका लागि यार्सा संकलनमा रोक लगाउने निष्कर्षमा गाउँपालिका पुगेको हो ।’
अमुल्य यार्साबाट हरेक वर्ष लाखौको रकम आम्दानी गर्ने भएपनि विगतका वर्षहरुमा बालबालिकाहरु, विद्यालय छोडेर, युवा–युवती, वृद्धवृद्धासमेत गाउँपालिकाका पाटन क्षेत्रमा जाने गरेका थिए ।
गाउँपालिकाले हरेक आर्थिक वर्षमा यार्सा संकलनबाट मात्रै लाखौ रुपैयाकोे राजश्व संकलन गर्ने गरेको भएपनि विश्वालाई आक्रान्त पार्नेकोरोना संक्रमणलाई मध्यनजर गर्दै यो वर्ष राजश्वलाई मात्रै नहेरेर संकलन कार्य बन्द गरेको बताइएको छ ।