पुस २०, सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको छ ।
महिलाको नाममा जग्गा जास गर्दा लाग्ने शुल्कमा सरकारले छुट दिने नीतिगत व्यवस्थाले हुम्लामा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढेको बताइएको छ ।
सामाजिक परम्परा र सोचाईले जगडिएको हुम्लामा पहिला महिलाको नाममा जग्गा पास गर्ने चलन थिएन् अदानचुली गाउँपालिकाका उपाध्यक्ष सौमती ऐडीले भनिन्, “सरकारले जग्ग पास गर्दा लाग्ने शुल्कमा समेत छुट दिने कानुनी व्यवस्था गरेपछि अहिले महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको देखिन्छ ।”
गएको साउन महिलायता ३५ जना महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालयले बताईएको छ । गएको आर्थिक वर्ष २०७४/७५ मा हुम्ला जिल्ला भरी पास भएका ७८ जग्गा मध्ये ३५ जग्ग महिलाको नाममा पास भएको मालपोत कार्यालय हुम्लाका निमित्त मालपेत अधिकृत दिनेश शाहले बताए ।
उनका अनुशार नेपालको संविधान २०७२ को धारा ३८ को उधारा ६ मा सम्पत्ती तथा पारिवारिक मामिलामा महिलाको सम्मान हक हुने कुरा उल्लेख गरिएको हुँदा यो संख्या बढ्दै गएको हो । अशिक्षा, जनचेतनाको अभाव र स्वयम् महिलाको अग्रसरताको कमीका कारण महिलाको सम्पत्तिमा अझै न्यून पहुँच रहेको बताएका प्रमूख शाहका अनुशार पछिल्लो समय महिलाका नाममा जग्गा पास गर्ने दर बढ्दै गएको हो ।
‘पहिलादेखि नै पुरुषको नाममा जग्गा दर्ता गर्ने र उनीहरूलाई नै सम्पत्तिको हकदार भएको पुरुष समाजमा अब देखि महिलाका नाममा जग्गा पास गर्नेको संख्या गत बर्ष भन्दा यस बर्षमा बढ्नु निकै प्रशंसनिय कार्य भएको अन्तरपार्टी महिला सञ्जाल हुम्लाका संयोजक सुष्मिता शाहीले बताईन् ।
नेपालको कानुनले महिलालाई अचल सम्त्तीमा समेत समान हक भएको व्यवस्था गरिनु र जग्गा पास गर्दा राजश्वमा समेत पुरुषको तुलनामा २५ प्रतिशत छुट दिने सरकारले व्यवस्था गरेपछि पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको जिल्ला मालपोत कार्यालय हुम्लाका कम्युटर अपरेटर मिमसिंह नेपालीले बताए ।
गएको वर्ष मालपोत कार्यालय हुम्लामा जग्गा पास वापत मात्रै आर्थिक वर्ष २०७४/०७५ मा १३ लाखा ९ हजार ३ सय ५६ रकम राजश्व संकलन गरेको छ ।