सिमकोट । जिल्लामा गरिएको निषेधाज्ञाले हुम्लाका महिला कामदारहरु बेरोजगार बनेका छन भने उनिहरुको दैनिकीलाई समेत प्रभाव परेको छ ।
विश्व मामहामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर हुम्लामा पनि परेको परेपछि यहाँका स्थानीय कामदार महिलाहरु प्रत्यक्ष मर्कामा परेका हुन् ।
विमानस्थलबाट दैनिक खाधान्न, पसलका सामान ओसारपोसार गरेर घर खर्च चलाउने भरिया महिलाहरु निषेधाज्ञले ट्रयाक्टरलाई उक्त सामान बोकाउन थालेपछि बेरोजगार भएका हुन् । जिल्लामा संक्रमण बढेको भन्दै जैशाख २२ गते राती १२ बजेदेखि जारी भएको निषेधाज्ञयता महिला भरियाहरुलाई सामान बोक्नबाट रोक लगाइएको हो । यसले सिमकोट विमानस्थलमा भारी बोकेर छाक टारिरहेको झण्डै एक सयको संख्यामा भएका महिला भरियाहरुलाई बेरोजगार बन्नु परेको छ ।
‘कोरोनाको डरले हामीलाई सिमकोट विमानस्थलबाट भारी बोक्न्मा रोक लगाए पछि हाम्रो दैनिक आम्दानी सुन्य भएको छ’ भारी बोक्दै आएकी सिमकोट गाउँपालिकाकी बाँचु सुनारले भनिन्, ‘हामीले सामाजिक दूरी कयम गरेर भारी बोक्छौं भन्दापनि स्थानीय प्रशासनले नदिएपछि हामीलाई छाक टार्नै मुष्किल भएको छ । हवाई मार्ग भएर जिल्ला आउने सरकारको ढुवानी अनुदानको खाद्य व्यवस्था तथा व्यवपार कम्पनीको चामल मात्रे बोक्न पाएपनि हाम्रो चुल्होमा आगो बल्ने थियो । कोरोना संक्रमणको डरले स्थानीय प्रशासनले त्यहीपनि बन्द गरेपछि हामीलाई आफू र घर परिवार कसरी पाल्ने भन्ने समस्या निकै पिरोलेको छ ।’
महिला भरियाले बोक्दै आएको चामल अहिले स्थानीय स्तरमा चल्दै आएका गाडि र ट्याक्टरबाट सार्ने गरिएको छ । गएका १३ वर्षदेखि सिमकोट बिमानस्थलमा भरियाको कामगर्दै आएकी बाँचुले स्थानीय प्रशासनले निषेधाज्ञ जारीगरेयता आफूलगायत सबै भरिया महिला बेरोजगार भएको गुनासो गरिन् ।
बिमानस्थलकै भारी बोकेर ६ जनाको परिवार पाल्दै आएको बताएकी सुनारले कोरोना कहरका कारण आफूले दैनिक रुपमा ३/४ हजार कमाउने गरेको भएपछि अहिले एक रुपैयाँ पनि कमाउन नसकेको प्रतिक्रिया दिइन् ।
सिमकोट विमानस्थल कै भारी बोकेर गुजारा गरिरहेकी रामेछापका लामु सेर्पाले निषेधाज्ञाले भारी बोक्ने काम गर्न नपाएपछि कमाई नहुँदा छाक टार्ने समस्या शुरु भएको बताइएन् । ‘गतवर्ष कोरोना संक्रमणको डरले जारी निषेधाज्ञमा आप्mनो अनुरोधमा स्थानीय प्रशासनले भारी बोक्न दिएको थियो’ उनले थपिन, ‘यो वर्ष सियिो सावलाई हामीले आलोपालो गरेर भारी बोक्छौं भन्दापनि नमाने पछि भारी बोकेर बल्ने चुल्हो पनि बन्द हुने अवस्था आएको छ ।’
उता स्थानीय प्रशासनले जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकको निर्णय अनुसार भारी बोक्ने कामबाट सबै भरियालाई तत्काल रोक लगाएको उल्लेख गरेको छ । कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएकाले बैठकमा मानिसबाट भारी बोक्न रोक लागउने निर्णय भएको उल्लेख गरेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अर्को व्यवस्था नभएसम्म तत्काल भरियाबाट भारी बोक्न दिन नसकिने उल्लेख गरे
लामो सयम देखि भरिया महिलाले हवाई माध्यमबाट विमानस्थलमा आएका सामान बोकेर आप्mनो गुजारा चालाउँदै आएका थिए । (तलको भिडियो हेर्नुहोस्)