सिमकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको घटनाको बिरोधमन हुम्लाका पाँच राजनीति दलहरु एक ठाउँमा आएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले चालेको कदमप्रति असन्तुष्टि व्यक्त गर्दै हिमाली जिल्ला हुम्लाका दलहरु बिरोधमा उत्रिन यसरी एक ठाउँमा उभिएका हुन् ।
केन्द्रमा संसद विघटनको विपक्षमा लागेको राजनीतिक दलका जिल्ला स्तरका कमिटिहरुले उक्त कदमको बिरोध गरेका हुन् । राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै जिल्लामा भएका पाँचवटा राजनीतिक दलहरुले विज्ञप्ती मार्फत बरिोध जनाएका छन् ।
नेपाली जनताको लामो संघष, त्याक र बलिदानीबाट प्राप्त नेपालको संविधान माथि असंवैधानिक रुपमा पदमा आसिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर देशलाई अपुरणीय क्षती पु¥याएको जिल्लाका राजनीतिक दलहरुको ठहर छ ।
‘नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त ओलीद्धारा सोही धाराको उपधारा ४ बमोजिम विश्वाशको मत लिनु पर्ने बाध्यकारी प्रावधानको उल्लंघन गर्दै उपधार ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुपर्ने सिफारिस गरियो’ पाँच राजनीतिक दलद्धारा जारप् पवज्ञप्तीमा भनिएका छ, ‘नेपालको संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुले नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तीका लागि प्रतिनिधिसभाका १४९ जना माननीय सदस्यहरुको हस्ताक्षर सहित राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको थियो । उल्टै प्रधानमन्त्री ओलीसँगको मिलेमतोमा बदनिय किसिमले प्रतिनिधिसभाको बिघटन गरि नेपालको संविधान र लोकतन्त्र माथि नैं प्रहार गरियो ।’
राष्ट्रपपतिको उक्त कदमको घोर भत्सर्ना गरेका राजनीतिक दलहरुले कोरोनाबाट पिडित जनतालाई राहतमुखि कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने बेला सम्पन्न गर्ने मनसाय नैं नरहेको मध्यावधी निर्वाचनको ढ्वाङ फुकेर जनताको आँखामा छारो हाल्ने काम भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभालाई रातारात बिघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध केन्द्रिय नीति अनुसार जिल्लामा समेत बिरोधकम कार्यक्रम चर्काउने चेतावनी विज्ञप्ती मार्फत पाँच राजनीतिक दलहरुले दिएका छन् ।
विज्ञप्तीमा नेपाली कांग्रेस हुम्लाका सभापति जयपति रोकाया, माओवदाी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसी, नेकपा एमाले (नेपाल पक्षका) हुम्लाका सचिव तिर्थराज रोकाया, जनता समाजवादी पार्टीका जिल्ला सचिव भैरवबहादुर शाही, जनमोर्चाका जिल्ला अध्यक्ष बल भण्डारीले हस्ताक्षर गरेका छन् ।
यस्तो छ, जिल्लाका पाँच राजनीतिक दलहरुले सामुहिक रुपमा प्रकासित विज्ञप्ती
