सिमकोट । सत्तारुढ दल नेकपा एमाले हुम्लाका अध्यक्ष दल रावलले पार्टीको नाममा बदनाम गराउनेपदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा पिघटन विरुद्ध विपक्षी दलहरुसँग मिलेर एमालेको नाममा हस्ताक्षर गरेको प्रति संकेत गर्दै अध्यक्ष रावलले त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टी जिल्लाका सबै नेता तथा कार्यलाई आग्रह गरेका छन् ।
बुधबार साँझ पार्टी जिल्ला कमिटिको नाममा वक्तव्य जारी गर्दै कर्णाली प्रदेश सरकारका पुर्वमन्त्री समेत समेत रहेका अध्यक्ष रावलले जनचाहना विपरित विपक्षी पार्टीहरुको गठबन्दनबाट जारी गरिएको प्रस विज्ञप्तीमा पार्टीको अनुशासन र आचारण विपरित नेकपा एकालेको जिल्ला कमिटि, सचिवको पदिय परिचय दिई उक्त विज्ञप्तीमा गरिएको पाइएकोले नेकपा एमाले जिल्ला कमिटि हुम्लाको गम्भीर ध्यानाकर्षण गएको उल्लेख गरेका छन् ।
‘विधि र पद्धतिको रटान लगाउने समुहका केही व्यक्तिहरुले, नेकपा एमालेजस्तो जनताको प्रीय पार्टीको सांगठानिक आचारण र अनुशासन विपरित गरिएको कार्यको घोर भत्र्सना गर्दछौं’ विप्तीमा भनिएको छ, ‘अब उप्रान्त पार्टीलाई बदनाम गराउने, आप्mनो पार्टी नेतृत्व र सरकारका विरुद्ध यस प्रकारका हर्कत जारी गरेको खण्डमा पार्टीको विधान र संगठन प्रर्णाली बमोजिम आवश्यक कारबाही हुने ब्यहोरा समेत अवगत गराउँदछौं ।’
प्रतिनिधिसभा विघटनको बिरोध गर्दै नेपाली कांग्रेस, माओवदाी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चासँग नेकपा एमालेका तफएबाट पार्टी सचिव तिर्थराज रोकायाले हस्ताक्षर गरेका थिए ।
यस्तो छ, रावलले निकालेको विज्ञप्ती
