सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलले तत्काल प्रदेश सभाको बजेट अधिवेशन बोलाउन माग गरेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने समय नजिक आइसकेको बेलापनि बजेट अधिवेशन बोलाउन प्रदेश सरकारले कुनै चासो नदेखाएपछि एमाले प्रदेश सभा दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो माग गरेको हो ।
पदेशका नागरि ककोरोना कहरसँग संघार्ष गरिरहेको बेला सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट बारे छलफल गर्नका लागि तत्काल अधिवेशन आव्हान गर्न माग गरेको हो ।
दलको बैठकले संविधान तथा प्रदेश सभा नियमावलीको व्यवस्था तथा सार्वभौम प्रदेश सभालाई जनउत्तरदायी बनाई प्रदेशको भविष्यसँग जोडिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आव्हान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरिएको एमाले संसदीय दलका नेता यामलाल कडेलले जानकारी दिए ।
‘नेपालको संविधान अनुसार प्रदेश सभाले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरेको छ’ नेता कंडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश सभा नियमावलीको परिच्छेद १७ को नियम १३२ को दुई बमोजिम बजेट ल्याउनुपूर्व १५ दिन अघि नै विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा छलफलका लागि संसदमा प्रस्ताव गर्नुपर्ने र त्यो छलफल १५ दिन पहिले नै सम्पन्न गर्ने व्यवस्था छ ।’
कानूनले नै स्पष्ट कार्यतालिका निर्देशन गरेतापनि जेष्ठ १६ गतेसम्म छलफलका लागि कर्णाली सरकारबाट बजेट अधिवेशन आव्हान नभएको उनको भनाई थियो ।
यस्तो छ, नेता कँडेलले जारी गरेको विज्ञप्ती
