मुगु । मन्त्रीमण्डलमा व्यापक रुपमा हेरफेर गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले नेता मोहन बाँनियालाई मन्त्री बनाउन कर्णालीबाट दवाव शुरु गरिएको छ ।
पछिल्लो पटक मन्त्री परिषद पुर्नगठन गरेका प्रधानमन्त्री ओलीले कर्णालीबाट कसैलाई पनि समावेश नगरेपछि बाँनियालाई मन्त्री बनाउन दवाव सृजना गरिएको हो ।
महत्वपूर्ण सातवटा मन्त्रालय आफैले राखेका प्रधानमन्त्री ओलीले मन्त्री बनाउने बारेमा सातवटै प्रदेशबाट नाम संकलन सँगै मन्त्री हुनेको चर्चा शुरु भएपछि कर्णालीबाट बाँनियाको नाम पनि अघि सारिएको छ ।
मुगु जिल्लाका संस्थापक नेताका रुपमा परिचित नेता बाँनिया लामो समयदेखि साँसदमा प्रतिनिधित्व गरको र पार्टी अध्यक्ष ओलीकै कट्टर समर्थक भएकाले पनि यो पटक मन्त्रीमण्डलमा समावेश गर्न दवाव आइरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।
‘बाँनिया जिलाई मन्त्रीमा नियुक्त गर्न कर्णाली र कर्णाली इतरको पार्टीबाट पनि सिफारिस र दवाव आइरहेको छ’ स्रोतले भन्यो, ‘पार्टीकोतर्फबाट मन्त्री बन्नेको टुंगो लागि नसकेकाले अहिले नैं केहि भन्न सकिने अवस्था छैन् ।’
निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षकबाट राजीनामा दिएर मुगुको कम्युनिष्ट आन्दोलनमा होमिएका नेता बाँनिया २०५४ सालमा सम्पन्न मुगु जिल्ला विकास समितिको सभापति पद कुशलतापूर्वक चलाइसकेकाले पनि अहिले मन्त्रीको बलियो दावेदार भएको बनताइएको छ ।
कर्णाली प्रदेश सभा सदस्य चन्द्रबहादुर शाहीसँगै मुगुको कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेताका रुपमा रहेका बाँनियालाई यो पटक कुनैपनि रुपमा सरकारमा समावेश गराउने बारेमा पार्टी हेडक्वटरमा कुरा पुगेकाले पनि संभावना बलियो हुँदै गएको बताइएको छ ।
प्रतिनिधी सभामा २०७० मा उनी प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७४ मा समानुपातिक तर्फबाट उनी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आइरहेका छन् । मुगुका स्थानीय डबल रोकायाले उनी त्यागी नेता भएको बताए । ‘उहाँ केपि ओलीको मन्त्री मण्डलमा सहभागि हुने भन्ने चर्चा उहिल्यै चलेको भएपनि अहिलेसम्म साईत जुरेको थिएन । अब यो पाली केपी शर्मा ओलीले उनलाई मन्त्री बनाएर मुगाली जनता र कर्णालीका जनतालाई न्याय देलान भन्ने आशा बढेर गएको छ ।’ डबल भन्छन्, ‘देशको विकास चाहने प्रधानमन्त्री ओली र कर्णालीको विकास चाहने बाँनिया भएकाले उनलाई यो मन्त्री मण्डलमा ल्याएको खण्डमा उनको विज्ञताको पनि मापन हुने र कर्णालीमा नयाँ आशाको सञ्चार हुने हामीले देखेका छौं ।’
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा हालसम्म कर्णालीबाट फूलमन्त्री कोही पनि भएका छैनन् । यसअघिको मन्त्री मण्डलमा सुर्खेतका नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीका रुपमा थिए । पछिल्लो समयमा ओली सरकारका विरोधीहरुले कर्णालीबाट मन्त्री बनाउन प्रधानमन्त्री ओलीले नचाहेको आरोप लगाइरहेका छन् ।
'मौका पाए जिम्मेवार लिन तयार छु'– बाँनिया
मोहन बाँनिया
मन्त्रीको चर्चामा रहेका नेता बाँनियाले पार्टी अध्यक्ष एव्म प्रधानमन्त्रीले विश्वाश गरेको खण्डमा आफू कुनै पनि जिम्मेवारी लिन तयार रहेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला विकास समितिहुँदैदुई पटक सांसद भएर प्रभावकारी भूमिका निर्वाह गरिसकेको उल्लेख गरेका नेता बाँनियाले नेपालवोटसँग भने, ‘हाम्रौ गौरवशाली पार्टी र सम्माननिय प्रधानमन्त्रीले विश्वाश गरेर जिम्मेवारी दिएको खण्डमा कुनैपनि रुपमा मैले उक्त जिम्मेवारी पुरा गर्ने छु ।’
‘कर्णाली र समग्र देशकै विकासका लागि मैले लामो अध्ययन र अनुभव दुवै गरेको छु’ उनले भने, ‘उहाँ (प्रधानमन्त्री)ले विश्वास गरेर जिम्मा दिनुभयो भने म काम गर्न र उहाँको विश्वास जित्न सक्षम मात्रै होइन समग्र राष्ट्रलाई सम्मुन्नत बनाउने मार्गचित्रलाई सफल बनाउन कुनैपनि कसर बाँकी राख्ने छैन् ।’
शुरु देखि नैं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षिय नेताका रुपमा चिनिने नेता बाँनिया पुष ५ गतेको प्रधानमन्त्रीको कदमयता पनि खुलेरै ओलीकोपक्षमा ओकालथत गर्दै आएका छन् ।