माघ २, सिमकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्लाले स्थानीय गाउँपालिका कमिटी एकिकरणको आधार तय गरेको दावी गरेको छ ।
गएको पुस २२ गते सुर्खेतमा सम्मपन्न कर्णाली प्रदेश कमिटीको प्रथम बैठक लगत्तै २३ गते जिल्लाको पार्टी एकिकरणका लागि गठन भएको सात सदस्यीय कार्यदलले जिल्लाका सातवटैं गाउँपालिकाको एकिकरण गर्ने आधार तय गरेको कार्यदलका प्रवक्ता तथा नेकपा प्रदेश कमिटी सदस्य हस्तबहादुर शाहीले जानकारी दिए ।
नेकपाको बिधान अनुशार स्थानीय तहमा बन्ने ७५ सदस्यीय कमिटी गठनका लागि हआधार तय गर्ने प्रदेश कमिटीको म्याण्डेट अनुशार नेकपा हुम्लाले जिल्लाका सबै गाउँपालिकामा कमिटी गठनको आधार तय गरेको हो ।
प्रदेश कमिटि बैठक लगत्तै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरुको बैठकमा गठन भएको कार्यदलको झण्डै एक महिने अभियानका क्रममा उक्त आधार तय भएको प्रवक्ता शाहीले नेपाल बोटलाई बताए । केन्द्रिय पार्टीले गरेको निर्णय अनुशार नै हामीले साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका इलाका र गाउँ कमिटिसँगको छलफल र सिफारिसका आधारमा स्थानीय कमिटी गठनको काम पुरा भएको बताएका शाहीले भने, “हामीले स्थानीय तहका कमिटी गठनको काम लगभग पुरा गरेका छौं । केन्द्रले जिल्ला कमिटी गठन गरेर स्थानीय तहको कमिटी गठन गर्ने कानुनी बाटो खोलेको केही समयमै हामी हुम्लाका सबै कमिटी गठन गर्न तयार छौं ।”
प्रत्येक पालिकामा ३२/३२ जनाको नाम सिफारिस
नेकपा केन्द्रिय सदस्य बिजय भण्डारी प्रतिरोधको संयोजकत्वमा गठन भएको सात सदस्यीय कार्यदयले जिल्लाका सात वटै पालिकामा कमिटी गठन गर्नका लागि साविकको नेकपा एमाले र माओवादी केन्द्रबाट ३२।३२ जनाको नामावली कार्यदललाई सिफारिस भएको छ ।
अभियानका क्रममै जिल्लाका विभिन्न स्थानमा बसेको कार्यदलको बैठकको निर्णइ अनुशार हरेक पालिकाको कमिटीका लागि दुवै पार्टीबाट ६४ जनाको नामावली कार्यदल समक्ष स्थानीय पार्टी कमिटीले पेश गरिसकेका छन् । ७५ सदस्यीय कमिटीका लागि स्थानीय कमिटीले छुटाएका र केही व्यक्तीहरुका लागि भन्दै कार्यदलले हरेक पालिकाको कमिटीमा ११ जनाको नाम सिफारिस गर्ने सहमती गरेको छ ।
औपचारिकता प्रदान गर्न केन्द्रिय कार्यदलको निर्णय कुर्ने
कर्णाली प्रदेशको पहिलो बैठकबाट जिल्ला र स्थानीय तहका कमिटीको एकिकरणको आधार तय गर्दै संभव भएका ठाउँमा एकिकरण गर्ने निर्णय अनुशार हुम्लाका कमिटीको एकिकरण गर्न नेकपा केन्द्रिय कार्यदलको निर्णय बाधक देखिएको छ ।
लामो समय पछि प्रदेश कमिटीको एकिकरण गरेको नेकपाको पोलिटब्यूरो, प्रदेश र जिल्ला कमिटीको एकिकरणको खाका तयार गर्न गठन भएको नौ सदस्यीय केन्द्रिय कार्यदलले अहिलेसम्म जिल्ला स्थानीय तहका कमिटी गठनको बाटो नखोलिएकाले हुम्लाको कमिटी गठनमा समस्या भएको कार्यदल सदस्य समेत भएको प्रदेश सदस्य दल फडेराले बताए ।