सिमकोट । खार्पुनाथ गाउँपालिकाका कम्यसनष्ट पार्टीहरुले गाउँपालिकाका अध्यक्षलाई समावेशी र सर्वस्विकार्य नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेका बेला गाउँपालिकामा भएको चारवटा कम्युनिस्ट पार्टीहरुले सामुहिक रुपमा यस्तो आग्रह गरेका हुन् ।
विगतका वर्षहरुमा गाउँपालिकाले ल्याउने नीति तथा कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयनमा एकपक्षिय भएको उल्लेख गरेका खार्पुनाथका चार राजनिितक दलहरुले सोमबार गाउँपालिकाको केन्द्र यांचुकुनामै पुगेर पालिका अध्यक्ष कर्ण रावलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका छन् ।
गाउँपालिकाका विभिन्न विषयलाई समेटेर विभिन्न ३२ बुँदामामा तयार पारिएको ध्यानाकर्षण पत्रमा गाउँपालिकाको सिमा एकिन गर्ने देखि गाउँपालिका भित्रको प्रख्यात भिमदुलोमा जाने पद मार्ग निर्माणमा बजेटको विनियोजन गर्न आग्रह गरिएको नेकपा एमालेका नेता प्रकाशबहादुर शाहीले जानकारी दिए ।
हामीले गाउँपालिकाका सबै वस्तीमा भएको आवश्यक्ताको आधारमा तयार पारिएका विषयलाई गाउँपालिकाको आगामी आ.व.को नीति तथा कार्यक्रममा समावेश गराउन पालिकाका अध्यक्ष र उपाध्यक्षलाई आग्रह गरेका छौं’ शाहीले भने ‘हामीले खाली जग्गामा जडिवुटी लगाउने देखि शैक्षिक गुणस्तर कायम गराउनेसम्म विषयला समेट्न आग्रह गरेका छौं ।’
चार राजीनितका तर्फबाट नेकपा एमालेका प्रकाशबहादुर शाही, नेकपा माओवादी केन्द्रका देविसिंह रोकाया, नेपाल कम्युनिस्ट पार्टीका (विप्लव)का कमलसिंह बुढा र नेकपाका मन्दिर ऐडीले उक्त ध्यानाकर्षण पत्रमा हस्तार गरेका छन् ।
यस्ता छन्, चार राजनीतिक दलहरुले खार्पुनाथ गाउँपालिकालाई दिएका सुझाव


सुझावलाई नीति तथा कार्यक्रममा समेट्छौं –अध्यक्ष रावल
खर्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले चारवटा राजनीतिक दलका तर्फबाट दिएका सकरात्मकम सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न प्रतिवद्धता जनाएका छन् ।
गाउँपालिकाले विषयगत कार्यालयबाट आगामी नीति तथा कार्यक्रममा लागि तयारी भैरहेका बेला गाउँपालिकामा क्रियासिल राजनीतिक दलहरुले संयुक्त रुपमा दिएको सुझावलाई समावेश गर्न आफू तयार भएको उल्लेख गरे । गाउँपालिकाको कार्यालयमा सुझाव पत्र बुझ्दै अध्यक्ष रावलले सबै मिलेर समृद्ध गाउँपालिका बनाउने उद्देश्य नै रहेको बताए ।
हामीलाई यहाँहरुको (चार दलको) सुझावले थप नति तथा कार्यक्रम तय गर्नमा सहयोग पु¥याएको छ’ उनले भने ‘पालिकाको स्रोत र साधनले भ्याएसम्म धेरै भन्दा धेरै नीति तथा कार्यक्रममा समेट्न हामी तत्पर छौं ।’
दलहरुका तर्फबाट संयुक्त रुपमा हस्तान्तरण गरेको सmुभाव पत्र बुझउने कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाही पनि सहभागि भएको खार्पूनाथ गाउँपालिका स्रोतले जनाएको छ ।