मुगु । मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०८९ को लागि ६१ करोड ८० लाख बजेट सार्वजानिक गरेको छ ।
नगर प्रमुख हरिजंग शाहीले नवौं बजेट सभामा संघीय सरकारको वित्तिय समान्नीकरण तर्फ १२ करोड ८१ लाख र सर्शत अनुदान तर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत सार्वजानिक गरेका हुन् । त्यस्तै संघीय तर्फको राजश्व बाँडफाँड तर्फ ८ करोड ९१ लाख बजेट प्रस्तुत गरिएको छ ।
कर्णालीप्रदेश तर्फको समानीकरण तर्फ १ करोड ८२ लाख १४ हजार र सर्शत अनुदान तर्फ १ करोड ७७ लाख बजेट नगर प्रमुख शाहीले प्रस्तुत गरे । प्रदेश तर्फको राजश्व बाँडफाँटमा ६ लाख ५० प्रस्तुत गरिएको छ भने नगरको आन्तरिक राजश्व १ करोड १ लाख प्रस्तुत गरिएको छ ।
शिक्षक लाई एक सय रुपैया
छायाँनाथ रारा नगरपालिकाले आगामी वर्षमा ४ वटा बेलिब्रिज निर्माण गर्ने लक्ष्य राखेको छ ।
कर्णाली राजमार्गले राष्ट्रिय सडक सञ्जालमा जोडिएको मुगुको सदरमुकाम समेत रहेको छाँयानाथले नगर भित्रका चार वटा बेलिब्रीज निर्माणलाई पहिलो पथमिकतामा राखेको हो ।
बजेटमा शिक्षकलाई खाजा खर्चवापत प्रति व्यत्ति प्रतिदिन १ सय रुपैयाँ दिने कार्यक्रम नगरले सार्वजनिक गरेको छ । सरकारले विद्यार्थीलाई दिवा खाजा प्रादन गरेको र शिक्षकलाई प्राथमिकतामा नराखेको उल्लेख गर्दै नगर प्रमुख शाहीले आफूले नगर भित्रका शिक्षकलाई खाजा स्वरुप एक सय रुपैयाँ रकम विनियोजन गर्ने कार्यक्रम ल्याएको जानकारी दिए ।
शिक्षक र बिधार्थीलाई कोभिड भ्याक्सीन लगाउने अभियानको थालनी गर्ने नीतिगत रुपमा उल्लेख गरेको छ । नगरको सबै बस्तीमा बिद्युत र सडक पु¥याउने लक्ष्य राखेको छ ।
बिगतका बर्षको नगर सभा भन्दा यो बर्षको नगर सभा मर्यादित र शान्त रुपमा सुरु भएको नगर उपप्रमुख सुन्तला रोकायाले बताइन । बजेटले लक्षित वर्गलाई समाबेश हुने हिसावले ल्याइएको उनको भनाई छ ।
यसैगरी छाँयानाथ रारा नगरपालिकाले नगरपालिका भित्र कवड हल, सभाहल निर्माण गर्ने कार्यलाई बजेटले प्राथमिकता दिएको छ ।
आधुनिक प्रविधिको फोहोर ब्याबस्थापनको लागि ८६ लाख बजेट बिनियोजन गरेको छ । रुघा, थार्प, लह, लापुमा बृहत खानेपानी निर्माण गर्न १ करोड ९५ लाख बजेट बिनियोजन गरेको शाहीले जानकारी दिए ।
कार्मारोगले ल्यायो ३३ करोड
मुगुम कार्मारोग गाउपालिकाले आर्थिक बर्ष २०७८/०८९ को लागि ३३ करोड ९३ लाख ८४ हजार बजेट ल्याएको छ ।
कर्णाली प्रदेश सरकार र संघिय सरकार बाट अनुदान कम प्राप्त भएकाले पालिकाले सोचे अनुसार बजेट नआउदा सबै क्षेत्रमा विनियोजन हुन नसकेको मुगुम कार्मारोग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए । उनले भने पालिकाले ल्याएको बजेटले विशेष गरेर शिक्षा , स्वास्थ्य , खानेपानि, सडक, पर्यटन, र पुर्वाधार लाई उच्च प्राथमिकतामा राखेको बताए ।