मुगु । जिल्लाको पश्चिमि भेगमा पर्ने खत्याड गाउँपालिकाले कृषकलाई बाख्रा वितरण गरेको छ ।
गाउँपालिकाका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत र बोयर जातका बोका बाख्रा वितरण गरेको हो ।
किसान लाई आत्मनिर्भर र व्यावसायिक बनाउन कृषि र पशु क्षेत्रमा गाृपालिकाले विभिन्न योजना ल्याएको गाउँपालिकाले जनाएको छ । बोयर जातका वितरण गरिएको र उन्नत जातका बोकाबाट व्यावसायिक रुपमा अगाडि बढ्न सहयोग पुग्ने औल्याएका छन् ।
गाउँपालिकाको ससर्त अनुदानको तर्फबाट १५ लाख र गाउँपालिकाको सहयोगमा जम्मा ३० लाख बरावरको लागतमा खत्याडका १२ जना बाख्रा पालन कृषकलाई वितरण गराईएको हो ।
उक्त कार्यक्रममा १ सय ८० स्त्री जातिका र १२ वटा वोका गरि जम्मा १ सय ९२ वटा बोयर जातिका बाख्रा वितरण गरिएको खत्याड गाउपालिकाका पशु शाखा अधिकृत बासुदेव कार्कीले बताए ।
उनका अनुसार गाउ कार्यपालिकाको निर्णय अनुसार समिति गठन गरि समितिको निर्णय अनुसार र पालिकाका उत्कृष्ठ कृषकहरुलाई पहिचान गरि बाख्रा वितरण गरिएको बताए ।
समितिले गरेको निर्णय अनुसार पालिकाका भरिका कृषकहरु लाई दरखास्तको आब्हान गरि उक्त आब्हान अनुसार १२ जना कृषक फर्म छनोटमा परि प्रत्येक कृषक १६ वटा बाख्रा वितरण गरेको अधिकृत कार्कीको भनाई छ ।
प्रगतिशिल बहुद्देशिय सहकारी संस्था लिमिटेड महादेव पुरी ५ धकेडी बाँके जिल्ला बाट बोयर जातिका बाख्रा ल्याई वितरण गरेको खत्याड गाउपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीले जानकारी दिए ।
एकातिर कोभिड १९ ले गर्दा बितरणमा ढिलाई भएको पनि जानकारी दिए । गाउपालिकाले बाख्रा वितरण गरे पछि कृषकहरु खुसि भएका छन् ।