काठमाडौं । उत्तरी छिमेकी मुलु चीनसँग सीमा जोडिएको हिल्सा नाकामा निर्माण गरिएको गेट उद्घाटन गर्न कर्णाली प्रदेशका तीनजना मन्त्री शनिबार हुम्ला आउने भएका छन् ।
धार्मिक तथा मानव सभ्यताको महत्व बोकेको कैलास मानसरोवर जाने मुख्य गेटमा जाने प्रवेशद्धारका रुपमा रहेको हिल्सामा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण गरेका स्थानीय पहिचान झल्किने गेटको औपचारिक रुपमा निर्माण गरिएको गेट उद्घाटन गर्न कर्णाली प्रदेशका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापा शनिबार बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला आउन लागेका हुन् ।
कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा हिल्लामा निर्माण सम्पन्न भए पश्चात मन्त्रीको टोली उद्घाटनका लागी हुम्ला आउने कार्यक्रम रहेको कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
'हिल्सामा निर्माण भएको गेटको औपचारिक रुपमा उद्घाटन गर्न हाम्रो टोली भोली बिहान हुम्ला आउन लागेको हो’ मन्त्री बुढाले नेपालवोटसँग भने, ‘हुम्लामा सञ्चालन भएका केही प्रदेका कार्यक्रमहरुको अनुगमन तथा मुल्यांकन गर्ने कार्यक्रम पनि हरेको छ ।’
सानो हेलिकोप्टरबाट सिमकोट आउन लागेको उल्लेख गरेका मन्त्री बुढाले शनिबार हिल्सा पुगेर सिमकोटमै रहने जानकारी दिए । मानसरोवर कैलाशको मुख्य प्रवेशद्वार रहेको हिल्सा नाकालाई व्यवस्थित गर्ने उद्देश्यले ७५ लाखमा सीमा प्रवेश ढोका निर्माण सम्पन्न भएको हो ।
कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार भएकोले हिल्सा नाकालाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले पाँच लाख डिपिआर र ७० लाख बजेटमा प्रवेशद्वार निर्माण भएको जानकारी प्राप्त भएको छ । हिल्सा सिमा प्रवेश गेट निर्माणका लागी गत जेठ १३ गते सम्झौता भएको थियो ।