सिमकोट । सिमकोट गाउँपालिका अन्तरगतका तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई कामबाट हटाएको भन्दै स्थानीयले सिमकोट गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
संघ सरकारले गाउँपालिकामा सञ्चालित तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई हटाएपछि तीनवटै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी र स्थानीय नागरिकहरुले सिमकोट गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
सिमकोट गाउँपालिका– १ को दोजाम, ४ को बुराउँसे र ६ को पाँवाडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका नौ जना स्वास्थ्यकर्मीलाई बजेट अपुग भएको भन्दै कोरोना कहरकै बीचमा गाउँपालिकाले काम नगर्न पत्राचार गरेपछि त्यसको बिरोधमा तीनवटै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले स्थानीयलाई लिएर गाउँपालिकाको केन्द्र सिमकोट पुगेका हुन् ।
प्रति स्वास्थ्य संस्थामा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगी गरेर तीन जना रहेको स्वास्थ्य संस्थाबाट संघ सरकारले हटाएपछि कार्यरत स्वास्थ्यकर्मीले निर्वाध रुपमा काम गर्न पाउनुपर्छ भन्न माग सहित गाउँपालिकाको ध्यानकर्षण गराउन गउको सिमकोट–४ पाँबाडाको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज राजु रावतले जानकारी दिए ।
निर्वाध रुपमा काम गर्दै आएको भएपनि आफूहरुलाई विना सूचना कामबाट हटाएको भन्दै तिनवटै केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु स्थानीय सहित गाउँपालिका पुगेको रावतले जानकारी दिए ।
‘हामीहरुले पाउँदै आएको सेवा सुविधा गाउँपालिकाबाट कटौती हुनु हुदैन हामीले दैनिक दिन हाजिर लगाउन पाउँनु पर्छ र पुनः स्वास्थ्यसंस्थामा कार्यरत बन्न पाउँनु पर्छ भन्ने माग हाम्रो हो’ आन्दोलनमा उत्रिएका रावतले भने, ‘जिल्लामा कोभिड–१९ ले भयावह रुप लिएको बेला स्वास्थ्य संस्थाहरुमा स्वाथ्यकर्मीहरुलाई थप प्रोत्साहन गर्नु पर्नेमा थप कार्यरत स्वास्थ्यर्कीहरुलाई पनि निकालिनु परेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।’
केन्द्र सरकारको पिरिपत्र अनुशार गाउँपालिकाले हाजिर नहुन पत्राचार गरेको सिमकोट गाउँपािलका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए । माथिकै (संघीय सरकारको) निर्णय अनुसार स्वास्थयकर्मीहरुलाई हटाएको हुँदा हामीले केहि गर्न सक्दैनौं’ प्रशासकीय अधिकृत रोकायाले थपे, ‘सो विषयमा संघ सरकारले आर्थिक थप गरेर पठाए मात्रै उक्त स्वास्थ्य केन्द्रबाट निकालिएका स्वास्थ्यकर्मीहरुलाई कार्य सञ्चालनका लागि ड्युडिमा खटाउन सकिन्छ ।’