हुम्ला जिल्ला सदरमुकाम भन्दा ४४ कोष टाढा अदानचुली गाउँपालिका वडा नम्बर १ को सामाजीक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गरेको छ ।
गत आर्थिक वर्ष देखीनै बैंक मार्फत भुक्तानी गर्ने भनिएता पनि सामाजीक सुरक्षा लाभग्राहीहरुले हाल सम्म पनि खाता नखोल्दा केहि ढिलाई भएको तर अदानचुली गाउँपालिकाकै बैंक मार्फत सामाजीक सुरक्षा भत्ता भुक्तानी गर्ने पहिलो वडा भएको १ नम्बर वडाका वडा अध्यक्ष रग थापाले दाबी गर्नु भएको छ ।
वडा अध्यक्ष थापाले भने “निकै लामो प्रयास पस्चात बैंक मार्फत भुक्तानी गर्न सफल भएको बताउँदै अँझै पनि ५४ जनाको खाता सञ्चालन नभई सकेकोले उनिहरुको बाँकी रहेको र उनिहरुलाई पनि केहि दिनमा खाता सञ्चालन गर्न खबर गरी सकेकोले केहि दिनमा बाँकी रहेका सबैको सामाजीक सुरक्षा भत्ता पनि बैंक मार्फत भुतानी गर्छौँ” ।
आ.व २०७७।०७८ को पहिलो किस्ताको रकम मंगलबारनै २ सय ८५ जनाको १२ लाख ६ सय १३ रुपैया जम्मा गरी सकेकोले अरु दोस्रो र तेस्रो किस्ताको पनि केहि दिनमा जम्मा गर्ने तयारी भैरहेको ग्लोबल आई एम ई बैंकका प्रबन्धक रमेश कुमार रावलले बताए ।
म्यानेजर रावलले भने“सबैका खाताहरु सच्याउँदै हेर्दै गर्दा केहि ढिलाई हुँने भएकाले वडा कार्यालयले खाताहरु संकलन गरी नामावलीहरु सच्याएर पठाएको १।२ दिन मै दोस्रो र तेस्रो किस्ताको रकम जम्मा गर्छौँ” ।
यस भन्दा अघि जन्म दर्ता वडाले गर्ने तर अनलाईन ईन्ट्री अर्कैले गर्ने भएकाले नामावली,दर्ता नम्बर,नागरीता नम्बर र जन्ममीतीहरु अधिकांस नमिलेकाले सच्याउनै समय लागेकोले र लाभग्राहीहरुले पनि समयमै खाता नम्बरहरु उपलब्ध नगराएकाले केहि ढिलाई भएको वडा कार्यालय स्रातले जनाएको छ ।
एक किस्ताको रकम मात्र लिन लाभग्राहीलाई झन्झट वा दुई तिन पटक दुख दिनु भन्दा केहि दिनमा सबै किस्ताको रकम भुक्तानी भए मात्र सेवाग्राहीलाई बोलाउन बैंकले आग्रह गरेकाले लाभग्राहीलाई बैंकमा नपठाएको र बाँकी दुबैै किस्ता रकम बैंकमा ट्रान्फर गरेपछी मात्र लाभग्राहीहरुलाई रकम लिन खबर गर्ने वडा अध्यक्ष थापाले बताए ।
गाउँपालिकाका अधिकांस नागरीकहरुले खाता सञ्चालन नगरी सकेकाले वडा नम्बर १ र ४ को सामाजीक सुरक्षा भत्ताबापतको रकम बैंकमा गई सकेको र बाँकी बैंकले खाता सञ्चालन गर्न सकेमा बैंकबाटै भुक्तानी गराउने र नसकीए केही दिनमा गाउँ गाउँमा गएर भए पनि बितरण गर्ने तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।
सरकारले दिदै आएको पहिलो किस्ताको जेष्ठ नागरीक ७० वर्ष माथीकालाई १२ हजार,६० वर्ष माथीका जेष्ट नागरीकलाई र एकल महिलालाई ८ हजार,अपांगता भएका नागरीकलाई ६४ सय र बालबालीकालाई १६ सयका दरले बैंकमा जम्मा गरीएको छ ।