भदौ २३, काठमाडौं । कर्णालीको समग्र विकासको लागि गुरुयोजना निर्माणमा सरकारलाई सहयोग गर्ने उद्धेश्यले गठन भएको विज्ञ समूहले आजबाट छलफल सुरु गरेको छ ।
समूहका संयोजक जनार्दन शर्माको अध्यक्षतामा सङ्घीय राजधानी काठमाण्डौँमा वसेको वैठकले कर्णालीको समग्र विकासको लागि गूरुयोजना बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, समाजिक विकास मन्त्री दल रावल र प्रदेश सरकारका प्रमुख सचिव रामप्रशाद थपलियाको उपस्थितिमा बसेको विज्ञ समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
वैठकमा विज्ञहरु डा.सुरेन्द्र उप्रेती, डा. पुण्य रेग्मी, डा. सुरेश तिवारी, वालानन्द पौडेल, सुरेन्द्रवहादुर शाह, डा. कुशेन्द्र महत, डा.कृष्णप्रसाद पौडेल, पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, गोविन्दप्रसाद शर्मा र डा.पदमवहादुर शाहीले कर्णालीको विकासका बारेमा आआफ्नो धारणा राख्नु भएको थियो । कर्णाली प्रदेश सरकारले अघिल्लो शनिबार गठन गरेको विज्ञ समूहको बैठकले समूहको कार्यविधि मस्यौदा तयार गर्ने, चालु आवको वजेट कार्यान्वयनको योजना निर्माण गर्ने, प्रदेश सरकारको लागि आवश्यक कानुन निर्माणको तयारी गर्ने र काठमाण्डौंमा सम्पर्क कार्यालय संचालन गर्नेलगायतका निर्णय गरेको संयोजक जनार्दन शर्माले जानकारी दिनुभयो ।
वैठकमा पूर्वगृहमन्त्रीसमेत रहनु भएका संयोजक शर्माले कर्णालीको विकास मात्र नभइ विकासको नेपाली मोडेल खडा गर्न चाहेको वताउनुभयो । शर्माले प्रदेश सरकारलाई अधिकारसम्पन्न वनाउन तत्कालै कानुन निर्माण र संरचनाको विकास आवश्यक रहेको वताउनुभयो । उहाँले राजनैतिक ईच्छाशक्तिमा विज्ञताको प्रयोग गरेर कर्णालीलाई मुलुककै समृद्ध प्रदेश वनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
वैठकमा पूर्वगृहमन्त्रीसमेत रहनु भएका संयोजक शर्माले कर्णालीको विकास मात्र नभइ विकासको नेपाली मोडेल खडा गर्न चाहेको वताउनुभयो । शर्माले प्रदेश सरकारलाई अधिकारसम्पन्न वनाउन तत्कालै कानुन निर्माण र संरचनाको विकास आवश्यक रहेको वताउनुभयो । उहाँले राजनैतिक ईच्छाशक्तिमा विज्ञताको प्रयोग गरेर कर्णालीलाई मुलुककै समृद्ध प्रदेश वनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री शाहीले प्राकृतिक स्रोतसाधन उपयोग गरेर कर्णालीको विकासका लागि सरकारलाई विज्ञको सहयोग आवश्यक रहेको भन्दै विज्ञ समूहले परिणाममुखी काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भौतिक पुर्वाधार, जलश्रोत, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासका लागि सरकारलाई ठोस योजना निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । शाहीले प्राकृतिक स्रोतसाधन उपयोग गरेर कर्णालीको विकासका लागि सरकारलाई विज्ञको सहयोग आवश्यक रहेको भन्दै विज्ञ समूहले परिणाममुखी काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भौतिक पुर्वाधार, जलश्रोत, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासका लागि सरकारलाई ठोस योजना निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
सल्लाहकार समूहले स्वयंसेवी रुपमा कार्य गर्ने र सरकारलाई आर्थिक भार नपार्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले वताउनुभयो । सल्लाहकार समुहमा कृषि, जलश्रोत, कानुन, सुरक्षा, आर्थिक क्षेत्रका विज्ञहरु रहेको विज्ञ समुहका सदस्य डा. कुशेन्द्र महतले जानकारी दिए ।